Nepal Viral
अप्रिल 28, 2025

टस जितेको नेपालले हङकङविरुद्ध पहिले बलिङ गर्ने

काठमाडौं : चारदेशीय टी-२० श्रृङ्खलाको समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध नेपालले टस जितेर बलिङ रोजेको छ। आज मिसन रोड मैदानमा ११ :१५ बजे हुने खेलमा नेपालले हङकङलाई ब्याटिङको निम्तो दिएको हो।

अपराजित नेपाल ह्याट्रिक जितको लक्ष्यमा छ । नेपालले पहिलो खेलमा कतारलाई ८ विकेट र दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो। नेपाल यस अगाडि ओमानमा आयोजित एसिसी प्रिमियर कपमा ४ विकेटले पराजित हुँदा एसिया कप गुमाएको थियो।

नेपालले दुई खेलबाट चार अंक जोडेको छ। यसैगरी ३ खेलबाट कवेतले ४ अंक जोडेको छ भने हङकङले २ खेलमा २ अंक जोडेको छ। कतार र कुवेत पनि आजै आमनेसामने हुँदैछन्। आजको खेल जित्न नसकेमा नेपालले कतार र कुवेतविरुद्धको नतिजा कुर्नुपर्नेछ। 

यता पहिलो खेलमा हङकङ कुवेतसँग चार विकेटको हार बेहोरेको थियो। तर अर्को खेलमा कतारविरुद्ध ६८ रनको जित निकालेको थियो। शीर्ष टोली फाइनलमा पुग्नेछ, तेस्रो र चौथो टोलीले तेस्रो स्थानका लागि आइतबार खेल्नेछन्। 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ