काठमाडौं । चिनियाँ रोबोटिक्स कम्पनी युनिट्रीले पहिलो पटक, दुई रोबोटबीच आउँदो मे महिनामा प्रत्यक्ष बक्सिङ प्रतिस्पर्धा आयोजना गर्नेछ ।
“युनिटी आइरन फिस्ट किंग” नामक यो कार्यक्रम मे २०२५ मा विश्वभर प्रत्यक्ष प्रसारण हुने तय भएको छ। रोबोट मोडेलहरूको चयन र पुष्टि हुन बाँकी छ, तर युनिट्रीको G1 वा आधुनिक H1 रोबोटहरू रिंगमा प्रवेश गर्ने अपेक्षा गरिएको छ।
कम्पनीले अहिले विज्ञापन तथा प्रचारकाे लागि भिडियो जारी गरेको छ । जसमा रोबोटहरूले मार्शल आर्ट र बक्सिङका विभिन्न चाल तथा अभ्यास गरिरहेको देख्न सकिन्छ । यद्यपि राेबाेटहरुकाे प्रतिक्रिया ,समय र सन्तुलन अझै पनि मानिसहरूभन्दा पछाडि रहेको पुष्टि भएको छ ।