काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयबाट नक्कली परीक्षार्थीका रुपमा पक्राउ परेका गोपाल शाही काठमाडौँको अमृत साइन्स (अस्कल) क्याम्पसका स्ववियु सचिव रहेको पाइएको छ ।
नेपाल प्रहरीको जवान पदमा अन्य व्यक्तिको नाममा परीक्षा दिइरहेको अवस्थामा शाही पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
काठमाडौँको नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयबाट शनिबार कालिकोटको शुभकालिका गाउँपालिका वडा नम्बर ७ घर भई हाल काठमाडौँको लैनचौर बस्ने २४ वर्षिय गोपाल शाही सहित ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए ।
काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ