काठमाडौं ।आफ्नो निजी जीवन र बिगतको बारेमा खासै नखुलाएकी कलाकार मिस पवीले पहिलोपटक उत्सव रसाइलीको कार्यक्रम “रमाइलो छ”मा आफ्नो डिभोर्सको बारेमा बोलेकी छिन् ।
उनी भन्छिन – “मेरो १६ वर्षको उमेरमा विवाह भएको थियो । म एक्सपोज गर्न चाहन्थेँ यो कुराहरू । अहिले पनि होइन नै भन्छु, किनकि कानूनीरुपमा केही भएको थिएन । म कसैलाई पनि नराम्रो भन्न चाहन्न । राम्रो हुन्छ केही समयपछि भन्ने थियो । लाइफमा अगाडि बढ्नुपर्छ भन्ने पाठ सिकेँ । र बच्चा उमेरमा भएको घटना हो । अहिले म २५ को हुँदा धेरै कुराहरू बुझेँ । त्यतिबेला धेरै कुरा नबुझेको जस्तो लाग्छ । कतिचोटि सुसाइड गर्ने कोसिस पनि गरेँ । मलाई मेरो मम्मीले सपोर्ट गर्नुहुन्छ । तर, जुन समाजबाट म आएको छु, त्यहाँ डिभोर्स गरेको केटीलाई राम्रो नजरले हेरिन्थेन ।
केटी मान्छेले अनेक नराम्रो शब्दहरू सुन्नुपर्छ । म बच्चै थिएँ । कहिलेकाहीँ सहनै नसक्ने कुराहरू गर्थे । मसित कसैले फ्रेन्डसिप गर्न पनि चाहँदैनथे । म त्यो समाजका लागि नराम्रो भएँ । स्कुलमा पनि मेरा साथी कोही भएनन् । अहिले सोच्दा एउटा दशा कट्यो जस्तो लाग्छ । मन भित्र कुरा गुम्साएर राख्दा राख्दा मलाई पब्लिक एन्जाइटी हुन्छ । कसैले मेरो अगाडि थुक्यो भने पनि एन्जाइटी फिल हुन्छ । मलाई नै थुकेको हो जस्तो लाग्छ । विगतको घटनामा मलाई रिग्रेट छैन । लाइफमा अगाडि बढ्नुपर्छ भन्ने पाठ सिकेँ ।