Nepal Viral
अप्रिल 28, 2025

आन्दोलनरत शिक्षकहरूबीच कुटाकुट हुँदा एक जना घाइते


काठमाडौँ– काठमाडौँमा आन्दोलनरत शिक्षकहरूबीच कुटाकुट हुँदा एक जना घाइते भएका छन्। शनिबार दिउँसो १ बजेतिर कैलालीको धनगढी उपमहागरपालिका १ घर भएका ५४ वर्षीय शिक्षक केशवराज जोशीमाथि कुटपिट भएको हो।

शिक्षकहरूले आन्दोलन गर्दै आइरहेको बिजुली बजार पुल क्षेत्रमा केही शिक्षकले उनीमाथि कुटपिट गरेका हुन्। कुटपिटबाट जोशीलाई सामान्य चोट लागेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँकाअनुसार शिक्षकहरूबीच आपसी विवाद हुँदा जोशीमाथि कुटपिट भएको हो। कुटपिटबाट उनको टाउको टुटुलका उठेको र शरीरमा समान्य चोट देखिएको छ।

उनलाई उचारका लागि सिभिल अस्पताल लगिएको थियो। उपचारपछि अहिले भने उनी आलोकनगरमा आराम गरिरहेको भजित पदमराज उपाध्यायले जानकारी दिए।

‘शिक्षक होस् कि अभिभावक होस् भन्दै आइडी कार्ड माग्ने, सामान्य कुटपिट गर्ने काम भएको रहेछ। त्यस्ताे खास केही भएको होइन। अहिले यहीँ (आलोकनगर) आराम गरिरहनु भएको छ’, उपाध्यायले भने।

दुई–तीन जनाले आफूमाथि हातपात गरेको भतिजसँग शिक्षक जोशीले बताएका छन्। हातपात गर्ने शिक्षकहरू को हुन् भन्ने खुलेको छैन।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ