Nepal Viral
अप्रिल 28, 2025

काठमाडौं । नेपाली तथा भाेजपुरी चलचित्रका एक्सन अभिनेता बिराज भट्ट पछिल्लो समय छाेरा समीर भट्टका कारणले फेरि चर्चाको शिखरमा छन् । एक समय बिराजले नेपाली चलचित्रमा एकछत्र राज गरेका थिए । बिचमा उनी भारतीय चलचित्र नगरीकाे भाेजपुरी चलचित्रमा आफ्नो प्रभाव जमाए ।

अहिले पिताको बाटोमा छाेरा समीर आएका छन् । उनले पनि आफ्नो पहिलो चलचित्रबाट नै प्रभाव र सफलताको बाटो खनेको छनक दिन्छ । समीरलाई याे सफलता र अवस्थामा ल्याउन पिता बिराजले राम्रै गृहकार्य गरेका छन् । उनलेे छाेरा समीरलाई परिपक्क अभिनेत्री बनाउन मुम्बईमा अध्ययन नै गराए । जसकारण आज नेपाली चलचित्र उद्योगमा उनलाई आफ्नो चलचित्रमा भित्र्याउन निर्माताहरु लाइन लागेर बसेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ