Nepal Viral
अप्रिल 29, 2025

सहकारी तथा लघुवित्त पीडितहरुद्वारा काठमाडौंमा अर्धनग्न जुलुस प्रदर्शन

काठमाडौं । सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ) नेपालको आयोजनामा सोमबार दिउँसो माइतीघर मण्डलामा पीडितहरुले अर्धनग्न भएर प्रदर्शन गरेका हुन् ।

आन्दोलनरत पक्षले ‘हाम्रो माग पूरा नभए आफूहरु नाङ्गो हुन तयार छौँ’ भन्दै नाराबाजी गरेका थिए । बचत फिर्ताको माग गर्दै पछिल्लो समय सहकारी पीडित आन्दोलित छन् । तर सरकारले उनीहरुको बचत फिर्ताको सुनिश्चितता गरेको छैन ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ