काठमाडौं । काठमाडौंको सुन्धारामा अवस्थित आधुनिक नयाँ बाइस तलाको धरहरा हिजोआज सर्वसाधारणका लागि खुला गरिएको छ । वि.स २०७२ काे महाभूकम्पले ऐतिहासिक नाै तले धरहरा पूर्णरूपले भत्किएको थियो । त्यसपछि करिब एक दशकपछि मात्रै बाइस तलाको धरहरा निमार्ण सम्पन्न भएको थियो ।
धरहराको सङ्क्षिप्त इतिहास
नेपालको पहिलो प्रधानमन्त्रीका रूपमा रहेका तत्कालीन प्रधानमन्त्री भीमसेन थापाको पालामा झन्डै साढे २ सय वर्षअघि निर्मित धरहरा भूकम्पका कारण दुई पटक भत्कियो । वि.सं. १९९० मा भत्किएको धरहरा पुनर्निर्माण गरिएको थियो तर २०७२ सालको भूम्पकले त्यसलाई पूर्ण रूपमा क्षति पु¥यायो । अहिले धरहराको खण्डहर फेद मात्र बाँकी छ ।