तीनकुने हिंसात्मक प्रदर्शनमा संलग्न ६ जनालाई प्रहरी हिरासतमै परीक्षा दिने व्यवस्था

काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनमा संलग्न ६ जनालाई प्रहरी हिरासतमै परीक्षा दिने व्यवस्था गरेको छ ।

आज (आइतबार) देखि सुरु भएको कक्षा १२ को परीक्षामा उनीहरूलाई हिरासतमै परीक्षा दिने व्यवस्था गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

१९ वर्षीय दिनेश महतोसहित ६ जना परीक्षामा सहभागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए ।

उनका अनुसार बानेश्वरस्थित लिभरपुलमा अध्ययनरत महतो तीनकुनेको हिंसात्मक घटनामा संलग्न थिए ।

त्यस्तै दिनेश महतो, दावा शेर्पा, सौगातकुमार बिक, सरोज थापा, सिमन घले र भारतीय नागरिक अमन साकिन छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ