मिमबहादुर परियार
ऋतुहरूको आफ्नो नियम छ। रङ छ। हावाको वेग, सूर्यको किरणअनुसार रुख-बिरुवाका रुपरङ परिवर्तन हुन्छन्। पालुवा, हरिया पात, सुकेका पात, बलियो, बुढो, सिधा, बाङ्गो इत्यादी मौसमकै चालअनुसार बन्नुपर्छ।
समयक्रमसँगै मानिसको पनि रुप, आनीबानी बदलिँदो रहेछ। भ्रष्ट, शिष्ट सबै समयक्रमले निर्धारण गर्ने रहेछ। छुच्चो, दयालु, ज्ञानी, अज्ञानी सबै समय र स्वभावले तय गर्दछ। समयको चक्र अदृश्य र अद्भुत, दुवै छ। आजको सुकुलो चिल्लो छाला भोलि खुम्चिएको हुन्छ। आजको सभ्य चाला भविष्य असभ्य हुन कुनै बेर लाग्दैन। यो समय बडा बलियो छन्। आफ्नो तालअनुसार मानिसलाई नचाउने जानेको छ।
मेरै सवालमा पनि समयले धेरै पाठ पढाएको छ। कयौं सबक सिकाएको छ। ती धेरै सबक र पाठमध्धे एक हो नयाँ लुगा लाज नमानी लगाउने। खै किन हो, सानामा नयाँ लुगा लगाउन मलाई निकै लाज लाग्थ्यो। अझ अरुलाई देखाउन, कस्तो छ भनेर सोध्न, मरेतुल्य हुन्थ्यो। ऐना भने हेर्थें। कहिलेकाहीँ आफैंलाई प्रश्न गर्थें। उत्तर उहीँ अनुहारको हाउभाउले दिन्थ्यो। सकेसम्म चुपचाप बस्नु, जे छ ठिक छ भनेझैं लाग्थ्यो। पछि उमेर बढ्दै गयो। लाज पनि घट्दै हट्दै गयो। नयाँ लुगा सरल तरिकाले लगाउने बानी पनि बस्यो।
अर्कोतिर आम मानिसको नयाँ लुगाप्रतिको मोह रवाफ छुट्टै हुन्छ। कस्तो छ सोध्ने, कठाँलो छाम्ने, आफैंप्रति माया जागाउने, के-के न भयो झैं गर्ने इत्यादि। हिजोआज अझ ब्रान्ड थपिएको छ। तमाम रवाफहरूको गुरु। मलाई किन-किन उहीँ पुरानै प्रिय लाग्थ्यो। नयाँ उति निको लाग्दैन थियो। अहिले पनि नयाँ मेरा लागि बाध्यता थियो।
एकदिन बैठक कोठामा नेपाल र युएईबीच चलिरहेको क्रिकेट म्याच हेर्दै थिएँ। यूएईले नेपाली ब्याटरलाई दबाब राखेको थियो। पिच निकै स्लो थियो। ब्याटरलाई रन लिन धौं-धौं भएको थियो। स्कोर हेर्दा मन आत्तिएको थियो। हार्छ कि भन्ने डर पनि थियो। भाइ पनि आयो। ऊ पनि नेपाली क्रिकेटको क्रेजी फ्यान हो।
त्यस दिन टिभी हेर्न बसेन। म छक्क परें। ऊ सरासर दराजतिर गयो। दराजबाट आफ्नो धर्के स्वेटर निकाल्यो। के हो मैले हेरौं भने। उसले हेर्न दियो। निलो रङमा सेता धर्को, गोलो गला, आकार ठिक्क, अनि मोटाइ पनि बाक्लो थियो। मैले यसो हेरें, छामें, देख्नेबित्तिकै साह्रै मनपर्यो। तुरुन्तै ‘मलाई देन’ भनें। उसले मानेन। कसैको उपहार हो, दिन्नँ भन्यो। अलि नमज्जा लाग्यो। नमागेको भए पनि हुनेरहेछ। बेकार बोली खेर गयो जस्तो पनि लाग्यो।
उता टियु क्रिकेट ग्राउन्डमा क्रिकेट प्रेमीले सागर बनाएका थिए। आइरिस प्रस्तोता नेपाली दर्शनको तारिफ गर्दै थिए। एकाएक विकेट जान थाल्यो। ग्राउन्ड पूरै शान्त थियो। गुल्सन झा क्रिजमा आए। लगालग दुई छक्का हाने। खेलको माहोल परिवर्तन भयो। मैदान पूरै गुल्जार भयो। मन अलि शान्त भयो।
हुन पनि कसैको उपहारलाई त्यति सस्तो र सरल तरिकाले नमाग्नुपर्ने थियो। गल्ती मेरै हो। उपहारको महत्त्व दिने र लिनेलाई विशेष थाहा हुन्छ। मजस्ता माग्नेलाई के उपहार के नयाँ। खै के भयो, दोस्रो दिन भाइले मलाई बोलायो। हातमा हिजोको निलो स्वेटर थियो। ‘ला यो लगा तेरो भयो’ भन्यो। म छक्कै परेँ।
‘भयो चाहिँदैन तेरो उपहार तैं राख्’ पनि भनेँ। भाइबुहारी पनि सँगै थिइन्। ऊ अलि डराएरझैं देखिन्थ्यो। ‘लगा न भैगो नि त’ भन्यो। मैले समातें, केही सोधिनँ, तुरुन्तै लगाएँ। ऐनामा हेरें, गजब सुहाएको थियो। हाँसें एकछिन, ल ठिक छ मनमनै सोचें।
अर्को दिन बिहानै त्यहीँ स्वेटर लगाएर काममा हिँडें। बाटो अलि सुनसान थियो। सडकमा गाडी अलिक पातला थिए। सार्वजनिक बिदाको दिन जो थियो। अघिपछि सार्वजनिक बिदाको दिन काममा जान खुब रिस उठ्थ्यो। हाकिमलाई गाली गर्दागर्दै विष्णुमती किनारमा अवस्थित बस बिसौनीमा पुगेको थाहा हुँदैन थियो। त्यो दिन भने म मख्ख थिएँ। बिदा भए पनि गाली गरिनँ। सरासर हिँडें। सायद मन परेको लुगा शरीरमा भएर होला। लुगाको शक्ति हो कि मेरो मनोविज्ञानले हो, एकाबिहानै भए पनि बटुवाहरूले मलाई नै हेरेको भान हुन्थ्यो। त्यो देख्दा, महसुस गर्दा बेलाबेला आफैंले आफ्नो तरिफ गर्थें।
डेरादेखि बस बिसौनिसम्म पुग्न त्यस्तै नौ मिनेट लाग्थ्यो। त्यो बिहान नौ मिनेट त नौ सकेन्ड भएको थियो। मेरा पाइला आफैं ट्याक्क रोकिए, सधाझैं ५:४० बजे बिष्णुमती किनारमा थिए। अलि अगाडि ट्याम्पो पार्क छ। दुई/चार वटा ट्याम्पो लस्कर लागेर बसेका हुन्छन्। ती तीन पाङ्ग्रे जान त लगनखेल जाने हुन् तर ढिला जान्थे। बाटोमा दिक्क लागाउँथे। त्यहीँ भएर म ट्याम्पोभन्दा गाडी नै चड्थें। फर्कंदा भने तीनै बिहानका ढिला दिउँसोका छिटो सफा ट्याम्पो चड्थें।
मेरो छाया बिष्णुमती किनारमा उभिएको सात मिनेट भैसकेको थियो। मजस्तै अरु केही शरीर पनि उभिएका थिए। उनीहरूसँग बोलचाल नभए पनि दैनिक जीवनका सहयात्री थिए। एउटै गाडी चड्थ्यौं। कहिले सँगै बस्थ्यौं। ती उभिएका शरीरको उदेश्य फरकफरक थियो होला तर माध्यम उहीँ हुन्थ्यो। सेतो रङको ऋद्विसिद्धी। अक्सर सधैं हामी ५:४० आसपासमा बस स्ट्याण्डमै हुन्थ्यौं। एकअर्काले भेउ नपाउने गरी एकअर्कालाई हेर्थ्यौं। माथिबाट आउने कोही गाडीमा बसेका हुन्थे।
गाडी आउने अलि ढिलो भयो भने सबै घडी मोबाइल हेर्थे। घाँटी तन्काएर परपरसम्म हेर्थे। त्यो बिहान गाडी अलि ढिलो आयो। यसो मैले पनि घाँटी तन्काएर हेरें। पारिबाट गाडी हुइँकिँदै आएको देखियो। सबै सतर्क भए। गाडी रोकियो। सिट भरिभराउ थिए। बिसौनीमा उभिएका शरीर एकएक गर्दै गाडीमा पस्यौं। सहचालकको आज्ञा मान्दै सबै इमानदार विद्यार्थीझैं लस्करै लाइनमा उभियौं।
गाडीभित्र नबोले पनि लगभग चिनेकै अनुहार थिए। अक्सरका सहयात्री। पुनः हामी सबै कलाकार भयौं। देखें पनि नदेखेझैं गर्यौं। चिने पनि नचिनेझैं गर्यौं। कोही उभिएका थियौं। कति बसेका थियौं। यी तमाम भ्रमभन्दा पर दिनहुँ एकले अर्कालाई याद गरिरहेका हुन्थ्यौं।
एकजना बा पनि हाम्रै सहयात्री थिए। महिनौं भएको थियो हामीले एउटै गाडी चडेको। सधैं दोस्रो सिटमा बसेका हुन्थे। प्रायः पुलुक्क मलाई हेर्थें। त्यो दिन उनी थिएनन्। उनको सिटमा नयाँ आमै बसेकी थिइन्। एकाएक ती बा किन आएनन् भन्ने प्रश्न मनमा उब्जियो। उनको एउटा बानी गजबको लाग्थ्यो। प्रायः गाडी यात्रीले खचाखच भएकै हुन्थ्यो। त्यो भिडमा आफू झर्नुअघि विशेषगरी आफ्नो सिटमा महिलालाई बोलाएर, बसाएर मात्र झर्थे। आज किन आएनन्? सायद ती बा बिरामी भए कि! कतै गए कि? कहिलेकाहीँ म नआउँदा पनि मेरो सहयात्री यस्तै सोच्दा हुन्। किन आएन त्यो मान्छे? कता गयो होला? के भयो होला? यस्तैयस्तै प्रश्न मनमा अवश्य आउँछन् होला।
एउटा प्रसादीमा पढ्ने केटो सधैं हतास मुद्रा हुन्थ्यो। घडी मिनेट मिनेटमा हेर्थ्यो। अलि ढिलो भयो भने ड्राइभरलाई अंकल अलि छिटो चलाउनु नत्र बाहिर राख्छ भन्थ्यो। मनकारी ड्राइभरले पनि कुदाउथ्यो। ऊ पनि त्यो दिन गाडीमा थिएन। ए साँच्ची त्यो दिन त सार्वजनिक बिदा थियो। ऊसँगै पढ्ने, टेकुमा गाडी चड्ने केटो सधैं प्राक्टिकलको कुरा गर्थ्यो। मास्टरका कुरा खुब काट्थ्यो। ‘कलेज सक्किन देन कुनै टिचरलाई बाल दिन्न’ भनेको कुरा मलाई याद थियो। उसको अर्को धेरै बोल्ने वाक्य थियो ल यार प्रोजेक्ट वर्क गरेको छैन। फिक्स त्यो सरले माक्स काट्छ होला भन्थ्यो। मान्छे अलि गफाडी जस्तो देखिन्थ्यो। फूर्तिलो भने थियो।
विद्यार्थी, मजदुरबीच बिहान तरकारी व्यापारी पनि हामी चड्ने गाडी चड्थे। गाडीको अगाडिको भाग क्यारेट र डोकाले भरिएको हुन्थ्यो। आउँदा ती भाडाहरू खाली हुन्थे। सायद फर्किंदा भरिएर कुनै पसलमा पुग्थे होला। ती तरकारी व्यापारी कालिमाटीमा झरेपछि मात्रै सिट पाइन्थ्यो। एउटा दिदी थिइन्, उहाँ पनि तरकारी व्यापारी नै हुनुहुन्थ्यो। भाडामा साह्रै किचकिच गर्ने, सहचालक पनि उस्तै। सहचालक उनको तरकारी बोक्ने डोकोको पनि भाडा लिन खोज्ने उनी दिन नमान्ने। आज उहाँ शान्त तरिकाले ओर्लनु भयो। सहचालक पनि चुपचाप देखिन्थे। म सुटुक्क उहाँ बसेकै सिटमा बसे।
छेउमा थापाथली झर्ने केटी बसिन्। त्रिपुरेश्वर नपुग्दै आफ्नो भाडा दिने उनको बानी थियो। उनलाई कसैले ओर्लने बेला भाडा दिएर गाडी रोकायो भने साह्रै रिसाउथिन्। कस्ताकस्ता मान्छे भन्थिन्। अर्को उनलाई मन नपर्ने कुरा गाडीमा मान्छे कोचाकोच भएको, त्यो दिन उनी ड्राइभरलाई भन्थिन् ‘दाइ अब टाउको टाउकामा मान्छे राख्नू। भुइँ सबै भरिसक्यो, अब टाउको मात्र खाली छ’ भन्थिन्। अन्दाजी उनी त्यस्तै २३-२४ वर्षकी हुनुपर्छ। मान्छे राम्री थिइन्। सधैं सिटिक्क परेर आउँथिन्। सायद नर्स हुनुपर्छ।
त्यो दिन गाडी लगनखेल पुगेको पत्तो पाइनँ। मनमा अनेक कुरा खेलेका थिए। गाडीमा बसुन्जेल स्वेटर भने भुलेको थिएँ। सहचालकले दाइ झर्नु यहाँसम्म मात्र हो भने। म झसङ्ग भएँ। झ्यालबाट मानसिक अस्पतालको बोर्ड देखेँ। तुरुन्तै बसबाट ओर्लिएँ।
यात्रा अवधिभर त्यो निलो धर्के स्वेटरको याद पनि आएन। विशुद्ध म यात्रा र सहयात्रीमै सीमित भएँ। मन कताकता खेलिरहेको थियो। गाडीबाट झर्नासाथ आँखा पुनः स्वेटरतिर गए। दायाँबायाँ नगरी काम गर्ने ठाउँतिर लागेँ। अघिपछि भित्र कुनाको चिया पसलमा चिया पिउथेँ। आज अबेर भैसकेको थियो। नत्र त्यहाँ केटाहरू चर्तीकला गजब हुन्थ्यो।
अस्ती एकाबिहानै एउटा केटाले पानीको बोतलमा रक्सी ल्याएको रहेछ। साथीलाई ला प्रसाद खा भन्थ्यो। धेरै नखा अस्ती यसले लिखुरे केटालाई देखाउँदै बबाल गरेको थियो। धन्य डिआईले थाहा पाएन भनी हाँस्दै थियो। ऊ पनि लमकलमक पाइला सार्दै थियो। सायद ऊ पनि ढिलो आएछ। उसको पढ्ने र मेरो काम गर्ने ठाउँ छिमेकी थिए।
चोकबाट मेरो अड्डा पुग्न लगभग ३ मिनेट जति लाग्छ। तीन मिनेटभित्र १०० मान्छेले मै तिर हेरेको भान हुन्थ्यो। बेलाबेला आफ्नो अगाडि पछाडि हेर्थें। कतै केही अट्किएको त छैन। लुगा च्यात्तिएको त छैन भनी चेक पनि गरें। सबै ठिकठाक थियो। अड्डाको गेटमा साथी भेटिए।
‘ओहो! कस्तो गजब स्वेटर लगाउनुभएछ त। कति राम्रो सुहाएको, आँखा लाग्ला है’ हाँस्दै कानमा ‘खुर्सानी र कागती झुन्ड्याउनु पर्यो नत्र आँखा लाग्छ सर’ भने।
म दोधारमा परेँ। तारिफ हो कि जिस्काएको हो कि बुझ्न सकिनँ। पुनः एकपटक अड्डाको काखमा अवस्थित ऐना हेरेँ। सबै ठिक छ। अनुहार चम्किलो देखिन्थ्यो। स्वेटर झन् गजब देखिएको थियो। लाइट ठ्याक्कै मेरो टाउको रहेछ। माथि हेरर हाँसें। ठिक छ केटा आफैंले आफैंलाई भनेँ। काग कराउँदै जान्छ पिना सुक्दै जान्छ। मेरो निलो स्वेटर यस्तै हो थपे। काममा लागे।
यो सुहाउने नसुहाउने सबै नजर न हो। एकछिन अघिको तारिफ कस्तोकस्तो थियो। बाटोका बटुवाको नजर अर्कै थियो। मेरो नजरले कसैलाई गनेकै थिएन। मै हुँ भनेको थियो। खैर सुहाउने, नसुहाउने क्षणिक न हो। मिठो-नमिठो, राम्रो-नराम्रो व्यक्तिगत हो। सबै मन सबैको नजर उस्तै कहाँ हुन्छ र!
You actually make it seem so easy along with your presentation but I to find this matter to be actually
something which I believe I would never understand. It sort
of feels too complex and very vast for me. I am taking a look ahead on your
next publish, I’ll try to get the dangle of it!
SuperChatroulette offers a seamless and straightforward way to connect
with girls through a chat roulette system, enabling instant interaction with
new individuals via video chat. Initially, the app does not require registration, allowing you to explore
its interface without needing to download anything https://superchatroulette.com/
Hey There. I found your blog using msn. That is a
really well written article. I will make sure to bookmark it and come back to read more of your
helpful info. Thank you for the post. I’ll certainly return.
how to tell if someone is using steroids
References:
steroids And Testosterone (gitea.joodit.com)