बीसीसीआईले आईपीलका बाँकी खेल रद्द गर्ने

नयाँदिल्ली । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट रद्द गरेको छ । शुक्रबारदेखि आईपीएलका बाँकी खेलहरु आयोजना हुने छैनन् । भारत र पाकिस्तानबिचको पछिल्लो तनावको असर आईपीएलमा परेको हो । 


दुबै राष्ट्रले एक–अर्काविरुद्ध सैन्य कारवाही सुरु गरेका कारण बीसीसीआईले आईपीएल रद्द गर्ने निर्णय लिएको हो । दुबै देशबिच तनाव सुरु भएपछि आईपीएल खेलाइने स्टेडियमहरुमा बम आक्रमणको धम्की प्राप्त भएका थिए । 
आईपीएलका खेलहरु पनि प्रभावित बनेका थिए ।

पछिल्लो घटनाक्रमपछि आईपीएल खेलिरहेका विदेशी खेलाडीहरु पनि निकै त्रसित देखिएका छन् । उनीहरु भारत छाडेर स्वदेश फर्कन चाहन्छन् । यी सबै पक्षलाई ध्यानमा राखेर आईपीएल रद्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 
आईपीएलको १८औँ संस्करणमा हालसम्म ५८ खेल खेलिसकिएको छ । बीसीसीआईले सरकार र आईपीएलमा सहभागी सबै टोलीसँग सल्लाह गरेर यस्तो निर्णय लिइएको जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ