भारत सरकारले अनलाइन समाचार संस्था ‘द वायर’ माथि शुक्रबारबाट प्रतिबन्ध लगाएको छ।
सूचना प्रविधि मन्त्रालयको आदेशअनुसार इन्टरनेट सेवाप्रदायकहरूले भारतभित्र ‘द वायर’ साइट हेर्न नमिल्ने गरी बन्देज लगाएको उक्त अनलाइनले जनाएको छ। भारत बाहिर भने यो साइट पढ्न सकिन्छ।
भारत र पाकिस्तानबीच बढ्दो तनावबीच नरेन्द्र मोदी सरकारको कडा आलोचना गर्ने भनी चिनिएको द वायरमाथि प्रतिबन्ध लगाइएको हो।
पछिल्लो समय भारतका अधिकांश सञ्चारमाध्यम सरकारको मुखपत्र बनेका बेला वायर लगायतका केही संस्थाले मात्र पत्रकारिताको धर्म निर्वाह गरेको भनी भारतीय विश्लेषक तथा पत्रकारहरूले भन्दै आएका छन्।
वायरका संस्थापक सम्पादक सिद्धार्थ वर्द्धराजनले ‘इन्टरनेट सेवाप्रदायकहरूले भारतभित्र आफ्नो अनलाइन हेर्न नमिल्ने गरी बन्देज लगाएको’ ट्विटरमा लेखेका छन्। केही ठाउँमा अझै यो साइट हेर्न मिल्छ। तर मन्त्रालयको आदेश पूर्ण कार्यान्वयनमा आएपछि त्यहाँ पनि रोक लाग्ने वर्द्धराजनले उल्लेख गरेका छन्।
यसबीच द वायरले आफ्ना पाठकलाई सम्बोधन गर्दै वक्तव्य जारी गरेको छ।