काठमाडौं । इन्द्रबहादुर राईको कथामा आधारित चलचित्र ‘जार’मा बैशाख २६ देखि नेपाल रिलिज भएको छ । चलचित्रमा नेपाल र भारतका ख्यातिप्राप्त कलाकारहरुकाे अभिनय रहेको छ । सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ ।
चलचित्रमा राणाकालीन इतिहास , कानुन र आदिवासी संस्कृतिलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।
हाेप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको छायांकन सिक्किममा गरिएको छ ।
चलचित्रको निर्देशन फुर्पाछरिङ लामाले गरेका हुन् ।
चलचित्र ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।
सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ । सिनेमामा झुमा लिम्बू र गंगा थापाको संगीत छ ।
चलचित्र ‘जार’ नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गरेको छ ।