“क्रिकेट खेलेर के हुन्छ र?”; पारस

काठमाडौं । “क्रिकेट खेलेर के हुन्छ र?” भन्ने मानसिकता राख्ने जमातबीच ती सबै चुनौतीहरू पार गर्दै हुर्किएर महिला क्रिकेट मा लाग्नु भएको बहिनीहरूप्रति सम्मान र कृतज्ञता।

नेपालमा हाम्रा बहिनीहरूले क्रिकेट खेल्ने इच्छा राख्नु नै ठूलो कुरा हो, र अझै पनि ती सपनाहरू जीवित छन्।
समाजमा फैलिएका नकारात्मक धारणा र प्रतिक्रियाहरूलाई एकछिनको लागि बिर्सेर, राष्ट्रको प्रतिनिधित्व गर्दै आफ्नो जीवन यो खेलप्रति समर्पित गर्नु साँच्चै सजिलो कुरा होइन।

त्यसैले नेपाली महिला क्रिकेट टिमलाई हामीले दिन सक्ने सबैभन्दा ठूलो समर्थन हो — हौसला।

सामाजिक सञ्जालमा गाली गर्नु सजिलो छ, तर मैदानमा दौडिनु त्यति सजिलो छैन |

नेपाली महिला क्रिकेट टिमको आजको जित कुनै आकस्मिक परिणाम होइन, यो त तपाईंहरूले ब्याट र बल समातेको पहिलो दिनदेखि नै सुनिश्चित भइसकेको भविष्य थियो।

अडिग भएर अघि बढ्नुस्। आगामी दिनहरूका लागि हाम्रो राष्ट्रिय महिला क्रिकेट टोली लाई हार्दिक शुभकामना।

5 thoughts on ““क्रिकेट खेलेर के हुन्छ र?”; पारस”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ