कलाकार कविताले आइतबार सगरमाथा र सोमबार ल्होत्से आरोहण गरिन्


काठमाडौं । अभिनेत्री तथा चर्चित डान्सर कविता नेपालीले ८ हजारभन्दा अग्ला दुई हिमाल आरोहण गरेकी छन् । आइतबार सगरमाथा र सोमबार ल्होत्से आरोहण गरेको आरोही दल एलिट एक्सिपीडिसनले सामाजिक संजालबाट पुष्टि गरेको छ ।

एलिट एक्सिपीडिसन चर्चित आरोही निर्मल पूर्जाको कम्पनी हो । कविताले गतसाता नै सगरमाथाको क्याम्प २ को फोटो सार्वजनिक गरेकी थिइन् ।

कवितासहितका अन्य आरोहीले ८८४८ मिटर अग्लो सर्वोच्च शिखर सगरमाथा र ८५१६ मिटर उचाइको ल्होत्से आरोहण गरेका छन् । गतसातादेखि वसन्तकालिन आरोहण सुरु भएको छ । आइतबार कवितासहित ९ जना विदेशी एकैसाथ सगरमाथाको चुचुरोमा पुगेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ