काठमाडौं । क्यानाडामा रहेका क्यान्सर रोग विशेषज्ञ नेपाली डाक्टर विशाल ज्ञवाली ४० वर्षमुनिका उत्कृष्ट ४० चिकित्सकमा परेका छन् । द एसोसिएशन फर भ्यालु बेस क्यान्सर केयर नामक अमेरिकन संस्थाले २०२५ को ४० वर्षमुनिका उत्कृष्ट ४० क्यान्सर डाक्टरमा पुरस्कार विजेताका रूपमा ज्ञवालीलाई घोषणा गरेको हो ।
यसमा विश्वभरबाट तीन हजार चिकित्सकहरूले मनोनयन गरेकोमा क्यानाडाबाट मनोनयन भएका नेपाली डाक्टर ज्ञवालीलाई २०२५ को ४० वर्ष मुनिका व्यक्तिलाई दिइने क्यान्सर अवार्डबाट पुरस्कृत गरेको हो ।
क्यान्सर उपचारका क्षेत्रमा उनले गरेको योगदानको कदर गर्दै यस अवार्डबाट सम्मान गरिएको आयोजक द एसोसिएशन फर भ्यालु बेस क्यान्सर केयरले जनाएको छ । ज्ञवाली २०५९ मा सम्पन्न एसएलसी बोर्ड परीक्षामा नेपाल प्रथम भएका थिए ।
cHrdbU CpMMfi PjSY dULd lohTPrS uhVXD