काठमाडौं । नायिका अन्जना बराईली पछिल्लो समयकी व्यस्त अभिनेत्री हुन् । उनका एकपछि अर्को चलचित्र सफल भएका छन् । उनै हिट मेकर नायिकाकाे, नयाँ चलचित्र ‘महाभोज’को ट्रेलर सार्वजनिक भएको छ ।
सन् २०२२ मा ‘महापुरुष’ बाट डेब्यु गरेकी उनले ‘पुजार सार्की’ र ‘पूर्णबहादुरको सारङ्गी’ जस्ता सफल चलचित्रमा अभिनय गरेकी छन्। आफ्नो सुन्दरता र अभिनयको कलाले दर्शकको मन जित्न सफल अन्जना बराईलीको भविष्य नेपाली चलचित्र उद्योगमा उज्यालो देखिन्छ। बराईलीको आगामी चलचित्र ‘महाभोज’ जेठ १५ गते रिलिज हुँदैछl