काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले एक कार्यक्रममा बाेल्दै भने नेपालका धेरै युवाहरू अन्यत्र पढ्न वा काम गर्न देश छोडेर गइरहेका छन्। यस कारणले गर्दा, देशभित्रका डिस्को, रेस्टुरेन्ट र कपडाका साे रुमहरु अहिले खाली छन् । भएका केही पसल तथा मनाेरञ्जन गर्ने थलाे पनि राम्रोसँग चलिरहेका छैनन्। उनले थपे युवाहरूले नेपालमा आफ्नो जीवनको आनन्द लिनुपर्छ – गाउँदै, नाच्दै, र घरमै आफ्नो भविष्य निर्माण गर्नुपर्छ । अब सरकारले विद्यार्थीहरूलाई नेपालमा नै राम्रो शिक्षा र अवसरहरु सृजना गर्ने याेजनामा रहेको मन्त्री पन्तले बताए ।