आज सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन हो: प्रधानमन्त्री ओली 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १८औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना दिएका छन् । बिहीबार गणतन्त्र दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले आजको दिन शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन भएको बताएका हुन् ।

‘शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज । मुकुटको होइन–मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन, जनताको सात दशक लामो बलिदानीपूर्ण संघर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिन,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘गणतन्त्र दिवसको गरिमामय अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना, जय–जय–जय नेपाल ।’  

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ