सेकुवा पाेल्दा निस्केको मुस्लो निभाउन आयो दमकल

काठमाडौं । ललितपुरकाे एक घरको छतमा केही युवाहरू सेकुवा पाेलेर खाँदै रमाइलो गरिरहेका थिए । पल्लो घरको छिमेकीले सेकुवा पोल्दा निस्केको मुस्लोलाई आगलागी ठानेर दमकल बोलाए ।


छिमेकीको सूचनालाई आधार मानी ललितपुर महानगरपालिकाकाे दमकल घरको आगाे निभाउन भनी तुरुन्तै मुस्लो निस्केको घरमा पुग्यो । जब दमकल घरमुनि आयो । तब साछतमा रमाउँदै सेकुवा पोलेका व्यक्तिहरू छक्क परे । किन आउनुभयो ? यहाँ आगलागी भएको त छैन भनेर दमकल कर्मचारीलाई जवाफ दिए ।


साेधपुछ गर्दा छिमेकीले धुवाँ देखेर आगलागी शंका गर्दै दमकल बोलाएकाे तथ्य बाहिर आयो । दमकल कर्मचारीले वास्तविक स्थिति बुझेर दमकल टोली फर्किएकाे घटना अहिले समाजिक सञ्जालमा भाइरल भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ