रोयल च्यालेन्जर्स बेंगलुरुलाई आइपिएल २०२५ काे उपाधि

काठमाडौं ।आइपिएल २०२५ को रोमाञ्चक फाइनलमा बेंगलुरुले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै लामो समयको प्रतीक्षा समाप्त गरेको छ। 

अहमदाबादमा मंगलबार राति भएको फाइनल खेलमा बेंगलुरुले पहिले ब्याटिङ गर्दै २० ओभरमा १९०/९ को स्कोर बनायो।

उसका लागि विराट कोहलीले ३५ बलमा ४३ रन बनाए भने कप्तान रजत पाटिदारले २६ रन, लियाम लिभिङस्टोनले २५ रन र जितेन शर्माले २४ रन बनाए। पञ्जाब किंग्सका लागि अर्शदीप सिंहले ३ विकेट लिए।

जवाफी ब्याटिङमा आएको पञ्जाबले १८४/७ स्कोर बनायो। उसका लागि शंकाक सिंहले नटआउट ६१ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन। किनकी सुरुवातमा पञ्जाब ब्याटर चल्न सकेनन्। बलिङमा बेंगलुरुका भुनवेश्वर कुमार र क्रुनाल पाण्ड्याले २-२ विकेट लिए।

खेलपछि विराट कोहलीले भने, ‘यो हाम्रो टिम र फ्यानहरूका लागि अविस्मरणीय क्षण हो। हामीले धेरै वर्षदेखि यो सपना देखेका थियौं, र आज त्यो पूरा भएको छ।’  उनले टिमको सामूहिक प्रयास र फ्यानहरूको समर्थनलाई जितको श्रेय दिए।

यो सिजन गुजरातका साइ सुदर्शन सर्वाधिक ७५९ रन प्रहार गर्ने खेलाडी भए भने गुजरतकै प्रसिद्ध कृष्ण सर्वाधिक २५ विकेट लिने खेलाडी बने। मुम्बईका सूर्यकुमार यादव प्लेयर अफ सिरिज भए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ