नेपाली क्रिकेट प्रशंसकहरुलाई खेल मैदानमा प्रवेश नगरिदिन क्यानकाे अनुरोध

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट प्रशंसकहरुलाई खेल मैदानमा प्रवेश नगरिदिन आग्रह गरेको छ। 

सामाजिक सञ्जालमा सन्देश जारी गर्दै क्यानले सो आग्रह गरेको हो। 

आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत गत मंगलबार राति स्कटल्यान्डविरुद्धको जितपछि त्यहाँ उपस्थित नेपाली फ्यान मैदानमा छिरेर विजयोत्सव मनाएका थिए। 

प्रशंसकहरुको समर्थनले नेपाली क्रिकेटलाई ऊर्जा दिँदै आएको बताउँदै क्यानले सबैको सुरक्षा र अन्तर्राष्ट्रिय खेल नियमलाई ध्यान दिनुपर्ने भएकाले क्यानले समर्थकलाई खेल हुने क्षेत्रमा खेल भइरहँदा वा सकिएपछि नजान आग्रह गरेको जनाएको छ।

नेपालले आजै स्कटल्यान्डमा जारी लिग २ अन्तर्गत दोस्रो एकदिवसीय खेल नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ। पौने ४ बजे हुने खेल डन्डीस्थित फोर्थहिलमा हुनेछ। 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ