बेल्जियमका प्याट्रिक डे वाइल्ड नेपाली महिला राष्ट्रिय महिला टिमको नयाँ प्रशिक्षक

काठमाडौं । बेल्जियमका प्याट्रिक डे वाइल्ड नेपाली महिला राष्ट्रिय महिला टिमको नयाँ प्रशिक्षक बन्ने भएका छन् । उनी नेपाल आइपुगिसकेका छन् । एन्फाले प्याट्रिकलाई महिला टोलीको प्रशिक्षको रुपमा घोषणा गर्ने तयारीमा छ ।

एन्फाले प्रो लाईसेन्स प्राप्त प्रशिक्षकका लागि आवेदन खुलाएको थियो । प्रशिक्षक छनोट समितिले प्याट्रिकसहित २ जनालाई सर्टलिस्ट गरेकोमा त्यसबाट प्याट्रिकलाइ नियुक्त गर्ने तयारी गरेको हो ।

नेपाली महिला टिम भर्खर थाइल्याण्डसँग मैत्रीपूर्ण फुटबल खेलेर फर्केको छ । अब प्याट्रिकको प्रशिक्षणमा नेपालले महिला एसियन कप छनोट खेल्नेछ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ