काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग(वाईसीएल)को उपमहासचिवमा सीता नेपाली सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रवार वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट पुष्प ओली अध्यक्षमा उपमहासचिवमा सीता नेपाली लगायताका पदाधिकारी सर्वसम्मत निर्वाचित भएको घोषणा गरिएको हो ।
नयाँ नेतृत्वका लागि वाईसीएलमा सर्वसम्मत नेतृत्वका लागि लामो समयदेखि प्रयास गरिएको थियो । केही नेताहरूले निर्वाचनबाटै नयाँ नेतृत्व चयन गर्ने अडान लिएका थिए । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिमै नयाँ नेतृत्व चुन्न दबाब दिएपछि पुस्प ओलिको नेतृत्वमा नयाँ समिति बनाइएको हो ।
सीता नेपालीको राजनीतिक यात्रा
२०५७ साल जनमिलेसिया बिद्यार्थी संगठनबाट राजनैतिक यात्रा सुरु भएको हो। ओखलढुंगा चम्पादेवी गाउँपालिका पलापुमा जन्मिएका नेपालीले राजनैतिक यात्रा सुरु गरे लगात्तै निरन्तर पार्टीको संगठन विस्तारको लागी नेपालको विभिन्न भुगागमा पुगेर अध्यन संगै राजनीतिक यात्रा सुरु गरेका थिए। २०६२/६३ को बृहत् जनआन्दोलनमा प्रत्येक्ष सहभागी भैई महत्त्वपूर्ण भुमिका निभाउदै माओवादी निकटको विभिन्न भातृ संगठन मार्फत निरन्तर सामाजिक रुपान्तरणको मुद्दा उठाएर सशक्त रूपमा योगदान पुर्याएका थिए ।
२०६४ सालमा वाइसीएल नेपालको गठन भए लगत्तै पार्टीको सहायक संगठन मार्फत तेस्रोपटक कार्यकाल सम्म केन्द्रिय सदस्य रहेर सक्रिय रूपमा पार्टीलाई सहयोग गरेका थिए । त्यस्तै चौथो कार्यकालमा केन्द्रिय सचीव हुदै पाचौं कार्यकालमा उपमहासचिव पदमा निर्वाचित भएको हो ।त्यस्तै २०७४ को प्रदेश सभा निर्वाचन समानुपातिक उम्मेदवार रहेका नेपाली लामो समयदेखी उपत्यकाको STA Special Force मा कार्यरत रहेर योगदान पुर्याएका थिए ।
स्रोत : राजधानीपत्र.कम
steroids prescription
References:
enlarged clitorious from steroids – 24propertyinspain.Com,
296786 573612if this post was likened to a flavor of yogurt, what flavor would it be? Banana, I think. 568993
282469 158790Yeah bookmaking this wasnt a risky determination outstanding post! . 532339
629183 279714I like this blog its a master peace ! Glad I observed this on google . 694327