Nepal Viral
जुन 18, 2025

इजरायलको गुप्तचर निकायको केन्द्रीय कार्यालयमा इरानको आक्रमण

काठमाडौं । इरानले इजरायलको तेल अभिभमा रहेको गुप्तचर निकाय मोसादको केन्द्रीय कार्यालयमा मंगलवार क्षेप्यास्त्र आक्रमण गरेको इरानी समाचार संस्था तस्निमले खबर दिएको छ । उक्त आक्रमणपछि भवनबाट धूवाँ निस्केको बताइएको छ ।

इरानी सेनाले इजरायलको सैन्य गुप्तचर केन्द्र ग्लिलोटमा पनि आक्रमण गरेको दाबी इरानी टीभी एसएनएनले गरेको छ ।
आजै मात्र इरानले इजरायललाई लक्षित गरी १४० भन्दा बढी ड्रोन प्रहार गरेको बताइएको छ ।

तर पी दाबीहरूलाई स्वतन्त्र रूपमा पुष्टि गरिएको छैन । आक्रमणका बारेमा इरानी सञ्चारमाध्यमले मात्र दाबी गरेका हुन् । इजरायलले यसमा टिप्पणी गरेको छैन ।तर, मोसादमाथि आक्रमणको खबर साँचो हो भने यसले युद्धलाई थप चर्काउनेछ ।

गत शुक्रवारदेखि इजरायल र इरानले एकअर्कामाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरिरहेका छन् ।

यसैबीच इजरायलका रक्षामन्त्री इजरेल काट्जले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीको नियति पनि इराकका सद्दाम हुसेनकै जस्तो हुने चेतावनी दिएका छन् । इरानी सेना उच्च अधिकृतहरू आफ्‌नो जीवन बचाउनका लागि भागाभाग गरिरहेको दाबी इजरायली अधिकारीहरूले गरेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ