Nepal Viral
जुन 18, 2025

प्रतिस्पर्धात्मक खेलमा नेपालद्वारा स्कटल्यान्ड २ विकेटले पराजित


काठमाडौं । नेपालले तीनदेशीय ट्वान्टी–२० शृंखलामा मंगलबार स्कटल्यान्डलाई ‘लो स्कोरिङ’ खेलमा २ विकेटले पराजित गरेको छ । नेपालले ९८ रनको झिनो लक्ष्य ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा १ बलअगाडि पूरा गरेको हो ।

अघिल्लो दिनको तुलनामा विकेट ब्याटिङका लागि निकै कठिन बनेको थियो । नेपालले ७ चौका मात्र प्रहार गरेको थियो । स्कटल्यान्डले पनि ६ चौका र २ छक्कामात्र प्रहार गर्न सकेको थियो । सानो लक्ष्यमा पुग्न नेपालले निकै संघर्ष गर्नुपरेको थियो ।

सानो स्कोरको लक्ष्य लिएर आएको नेपालको पनि सुरुआत राम्रो हुन सकेन । लगातार दुई चौका प्रहार गरेपछि लोकेश बम अर्को बलमा आउट भए । ९ रन बनाएका उनलाई ब्रान्डन म्याकमुलेनले आउट गरे । ज्याक जार्भिसले अनिल साहलाई ३ रनमा र साफ्यान सरिफले कप्तान रोहित पौडेललाई ७ रनमा बोल्ड गरे ।

लामो समय क्रिजमा टिकेका ओपनर कुशल भूर्तेलले ३५ बल खेली ४ चौकासहित ४० रन बनाए । उनलाई मार्क वाटले एलबीडब्लु आउट गरे । दीपेन्द्रसिंह ऐरी २१ बल खेली कुनै बाउन्ड्री प्रहार गर्न नसकी १४ रनमा आउट भए ।

माइकल लिस्कले सानदार रिटर्न क्याचमा बसिर अहमदलाई १३ रनमा आउट गरे । रुपेश सिंह ३ रनमै आउट भए । अन्तिम ओभरमा नेपाललाई विजयका लागि ४ रन चाहिन्थ्यो । किरण ठगुन्ना र करण केसीले पहिलो ३ बलमा १–१ रन लिएपछि स्कोर बराबरी भएको थियो । तर चौथो बलमा ठूलो सट खेल्ने क्रममा किरण १० रनमा आउट भएपछि नेपाल तनावपूर्ण अवस्था रह्यो ।

नयाँ आएका ब्याटर सन्दीप लामिछानेले १ रन जोड्दै नेपाललाई जिताए । करण ३ रनमा अविजित रहे ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ