काठमाडौँ । कवि तथा प्राज्ञ शशी लुमुम्बू ‘हङकङ साहित्यिक साझा शृङ्खला पुरस्कार तथा सम्मान–२०२५’ द्वारा पुरस्कृत एवम् सम्मानित भएका छन् । शृङ्खलाद्वारा शनिबार राजधानीमा आयोजित समारोहमा उनी पुरस्कृत तथा सम्मानित भएका हुन् । समारोहमा उनलाई नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति, कविवर तथा मुन्धुमविद् बैरागी काइँलाले दोसल्ला तथा सम्मानपत्र अर्पण गरी नगद पचपन्न हजार पाँच सय पाँच रुपैयाँसहित पुरस्कृत तथा सम्मानित गरेका हुन् ।
समारोहमा बोल्दै प्रमुख अतिथि काइँलाले नेपाली कविता–काव्य विधामा शशी लुमुम्बूले सशक्त कविता सृजना गरी उल्लेखनीय योगदान दिएको चर्चा गरे । काइँलाले शशीले देश–विदेशमा रहेका कवि–लेखकहरूलाई विभिन्न माध्यमबाट स्थापित गराउन महत्वपूर्ण सहयोग गरी विशिष्ट योगदान दिएको भन्दै उच्च प्रशंसा गरे । काइँलाले भने, “अरुका लागि जस्तोसुकै सहयोग गर्न तयार प्रतिभा शशीलाई आज हङकङ साहिहित्यक साझा शृङ्खलाले पुरस्कृत तथा सम्मानित गरेर सराहनीय कार्य गरेको छ ।” सो अवसरमा काइँलाले नेपाली साहित्यको श्रीबृद्धिमा डायस्पोरामा रहेका साहित्यकारहरूले सिर्जनका माध्यमबाट विशिष्ट योगदान दिएको बताए ।
प्राज्ञ तथा कवि श्रवण मुकारुङले नेपाली साहित्यमा कवि शशी लुमुम्बूको उल्लेखनीय योगदान रहेको बताए । उनले भने– “कविता लेखनका अतिरिक्त अन्य लेखकहरूका कृतिको सम्पादन, विभिन्न महत्वपूर्ण कार्यक्रमहरूको संयोजन आदिका माध्यमबाट शशी लुमुम्बूले अतुलनीय योगदान दिनुभएको छ । स्थापित पुरस्कार तथा सम्मान पहिलो पटटक उहाँलाई अर्पण गरेर संस्था स्वयं सम्मानित भएको छ ।”
समारोहका सभाध्यक्ष वरिष्ठ साहित्यकार दाजु गुरुङले नेपाली साहित्यको उन्नयनमा हङकङेली नेपाली डायास्पोरिक लेखक÷साहित्यकारहरूको विशिष्ट योगदान गरिरहेको तर राज्यले भने उक्त योगदानलाई अनदेखा गरिरहेको बताए । डायास्पोरामा सृजनारत स्रष्टाहरूको योगदानलाई राज्यले उचित कदर गर्नुपर्नेमा सभाध्यक्ष गुरुङको जोड थियो ।
शृङ्खलाका निवर्तमान संयोजक रमण गुरुङ र सल्लाहकार डिबी पालुङ्वाले हङकङमा नेपाली साहित्यको अवस्था र नेपाली साहित्यको प्रवद्र्धनका निमित्त हङकङ साहित्यिक साझा शृङ्खलाले गरिरहेको कार्यहरूका बारेमा प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण यासेली योङहाङले गरेका थिए ।
Wow that was unusual. I just wrote an really long comment but after I clicked submit my comment didn’t show up.
Grrrr… well I’m not writing all that over again. Anyhow, just wanted to
say excellent blog!
764870 200541Thank you for the auspicious writeup. It in truth used to be a amusement account it. Glance complex to a lot more added agreeable from you! However, how could we be in contact? 135813