Nepal Viral
जुन 22, 2025

अमेरिकाले गर्‍यो इरानका तीन आणविक केन्द्रमा आक्रमण

काठमाडौं : अमेरिकाले इरानका तीनवटा आणविक केन्द्रमा आक्रमण गरेको छ। अमेरिकी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीनवटा परमाणु केन्द्रहरूमा आक्रमण गरेको बताएका हुन्। 

अमेरिकाले फोर्दो, नतांज र इस्फहानमा आक्रमण गरेको हो। उनले सबै अमेरिकी विमान इरानको हवाई क्षेत्रबाट बाहिरिएको र सुरक्षित रूपमा घर फर्किरहेको बताएका छन्। डोनाल्ड ट्रम्पले इरानमा गरिएको सफल सैनिक अभियानबारे राष्ट्रलाई सम्बोधन गर्ने बताए।

आक्रमणबारे इरानी अधिकारीहरूले पनि पुष्टि गरेका छन्। इस्फहानका सुरक्षा उपगभर्नर अकबर सालेहीले नताञ्ज र इस्फहानमा धेरै विस्फोटहरूको आवाज सुनिएको उल्लेख गरे। उनले भने, ‘हामीले इस्फहान र नताञ्जका आणविक केन्द्रहरू नजिक आक्रमणहरू देख्यौं।’

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ