काठमाण्डाै – पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापासहित १४ जना व्यक्ति र २ वटा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ ।
पशुपतिमा विद्युतीय शवदाह गृह मेशिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरी कोषको सम्पत्ति हिनामिना र हानि/नोक्सानी पुर्याएर भ्रष्टाचार गरेको आराेपमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले आज विशेष अदालत काठमाण्डाैमा मुद्दा दायर गरेको हाे ।
अख्तियारले सदस्य सचिव थापासिहत कोषका तत्कालीन निमित्त सदस्य सचिव एवम् अहिले परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, उपनिर्देशक रेवतीरमण अधिकारी, तत्कालीन उपनिर्देशक सीताराम रिसेल, इन्जिनियरहरू पशुपति ठाकुर, डेनिस उप्रेती, रमेश पुरी, लेखा अधिकृत चन्द्रप्रसाद खनाल, पुल्चोक इन्जिनियरिङ क्याम्पस इलेक्ट्रिकल विभागका उपप्राध्यापक युवराज अधिकारी, कानूनी सल्लाहकार एवम् मूल्याङ्कन समितिका लैनबहादुर थापा, म्याप अन्टरप्रिनर्स प्रालिका सञ्चालक मनोज पुरी र यदुनन्दन भट्टराई तथा इन्जिनियरिङ कन्सल्टेन्ट सुरज चापागाईँविरुद्ध मुद्दा दायर गरेकाे हाे ।
अख्तियारले उनीहरूविरुद्ध १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बिगो कायम गरेको छ ।
260411 171560A thoughtful insight and suggestions I will use on my internet site. Youve naturally spent some time on this. Congratulations! 45291