अगस्ट 14, 2025

अभिनेता अनमोल केसीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर

काठमाडौं । मोबाइल नम्बर दुरुपयोग कसूरमा युवा पुस्ताका चर्चित अभिनेता अनमोल केसीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । ​​​​​​

नरेन्द्रबहादुर श्रेष्ठले केसीसहित चलचित्र ‘फर्की फर्की’का निर्देशक सुयोग गुरुङ, निर्माता रोहित अधिकारी र चलचित्र जाँच समितिलाई विपक्षी बनाएर मुद्दा दर्ता गराएका हुन् । उक्त चलचित्रमा आफ्नो मोबाइल नम्बर प्रयोग गरिएको र त्यसमा फोन आउँदा हैरानी एंव मानसिक तनाव भएको श्रेष्ठको दाबी छ । 

उनले चलचित्रमा नम्बर भनिएको संवाद हटाउन निर्माण टिमलाई बारम्बार आग्रह गर्दा पनि कुनै वास्ता नगरेको जिकिर पनि गरेका छन् । हाल मोबाइलमा अत्याधिक फोन आएर मानसिक तथा शारीरिक रुपमा हानी नोक्सानी भएको भन्दै श्रेष्ठले क्षतिपूर्ती पनि मागेका छन् । 

गत वर्ष जेठ १० गते प्रदर्शन भएको उक्त चलचित्रमा अभिनेता केसी र अभिनेत्री जसिता गुरुङको एउटा दृश्य-संवादले श्रेष्ठलाई तनाव भएको हो । उक्त दृश्यमा अभिनेत्री गुरुङले केसीसँग नम्बर माग्छिन्, र केसीले पनि दिन्छन् । केसीले दिएको उक्त नम्बर श्रेष्ठको परेको हो ।

शुरुमा संयोग ठानेर उक्त दृश्व-संवाद पुन सम्पादन गर्न आग्रह गरेको तर निर्माण टिमले वास्ता नगरेपछि मुद्दामा जानुपरेको श्रेष्ठको भनाइ छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ