Nepal Viral
जुन 24, 2025

जापानमाथि नेपालकाे उत्कृष्ट जित



काठमाडौं : एसीसी यू१६ इस्ट जोन कपमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको छ। क्वालाम्पुरस्थित, कोलेज टाउन्कु जाफर ओभलमा टस जितेर ब्याटिङ गरेको जापान ३४.३ ओभरमा ८० रन बनाउँदै अलआउट भएको हो। 

नेपालका बायाँ हाते स्पिनर शुभम खनालले सर्वाधिक ५ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै ३ मेडनसहित १५ रन मात्र खर्चिए। 

जापानले दिएको ८१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १४.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो। नेपालका लागि शिवान्स बजगाईंले सर्वाधिक ३८ रनमा अविजित रहे। उनले ४२ बलमा ७ चौका प्रहार गरे। ओपनर ब्याटर प्रसिद्ध जैशी ३३ रनमा अविजित रहे। अर्का ओपनर जोइ थापा भने १ रनमै क्याच आउट भएका हुन्। जापानका लागि एक मात्र विकेट कैसी कोब्यासी डोगेटले लिए। 

त्यसअघि ब्याटिङ गरेको जापानको लागि कप्तान चार्ली हाराहिन्जेले सर्वाधिक ३६ रन बनाए। उनले ४८ बलमा ४ चौका प्रहार गरे। ग्याबी हारहिन्जेले १३ रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाएनन्। 

नेपालका लागि बलिङ तर्फ शुभमले ५ विकेट लिए। अभय यादवले २ विकेट लिँदा कप्तान विपिन प्रसाद शर्मा र सुशील बहादुर रावलले समान १–१ विकेट लिए। नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो। 
नेपालले तेस्रो खेल जुन २९ मा इन्डोनेसियासँग खेल्नेछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ