निखिलकाे फिल्ममा अन्ना र सन्जुमध्ये एकलाई देख्न पाइन

काठमाडौं । कलाकार निखिल  निखिल उप्रेतीको आगामी महत्वाकाङ्क्षी फिल्म ‘आचार्य’मा दुईजना बलिउड नायक संजय दत्त र सुनिल सेट्टीमध्ये एकलाई सिनेमामा अतिथि कलाकारकाे भूमिकामा देख्न पाइने भएको छ ।

निखिल उप्रेतीले उक्त चलचित्रको निर्देशन र पटकथा लेखिरहेका छन् । विशेष स्रोतका अनुसार निखिलले   संजय र सुनिलमध्ये एकलाई सुहाउने ‘क्यामियो रोल’ समेत लेखेको जानकारी दिए । ‘यी दुईमध्ये एक फिल्ममा क्यामियो रोलमा देखिने सम्भावना छ’ उनले भने, ‘यसका लागि हामीले प्रयास गरिरहेका छौं ।’

क्यामियो रोल भएपनि फिल्मको बलियो भूमिकामा यी अभिनेता देखिने उप्रेतीले जनाए ।

यो महत्वपूर्ण कास्टिङको लागि उप्रेती अर्को साता मुम्बई जाँदैछन् । कथावस्तुको कारण यो फिल्ममा भारतीय कलाकार पनि प्रशस्तै हुने उनको भनाइ छ । फिल्मको शीर्ष भूमिकामा निखिल स्वयम र पूर्णिका सिजापति देखिँदैछिन् । व्यवसायिक मोडल समेत रहेकी पूर्णिकाले यो फिल्मबाट डेब्यु गर्दैछिन् ।

फिल्मका ९५ प्रतिशत कलाकारलाई साइन् गराइएको निखिलले बताए । ‘कलाकार लगभग सबैजसोलाई साइन गराइसकेका छौं’ उनले भने । उनका अनुसार यो एक्सन फिल्मको छायांकन जुलाईदेखि गर्ने तयारी छ । ‘यो सबै कुरा मौसममा निर्भर हुन्छ’ उनले भने ।

नेपाल र भारतमा छायांकन हुने फिल्मको छायांकन सुरुवात काठमाडौंबाट गर्ने जानकारी निखिलले दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ