काठमाडौं । क्रिकेटर दीपेन्द्रसिंह ऐरीले प्रहरीबाट राजीनामा दिएका छन् । प्रहरी सहायक हवल्दार पदमा रहेका उनले केही दिनअघि राजीनमा दिएका हुन् ।
दीपेन्द्रको राजीनामा स्विकृत भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले पुष्टि गरे ।
उनको राजीनामा स्वीकृत भएको केन्द्रीय प्रहरीका सहप्रवक्ता एसएसपी रमेश थापाले पुष्टि गरे ।
चीनमा सम्पन्न १९ औ एसियन गेन्समा क्रिकेटको टिटन्टीतर्फ विश्व रेकर्ड कायम गरेपछि उनले प्रहरी जवानबाट सहायक हवलदारमा बढुवा गरिएको थियाे।