काठमाडौँ। भारतको उत्तराखण्डस्थित रुद्रपुर र काशीपुर क्षेत्रबाट बन्धक बनाइएका ५७ जना नेपाली नागरिकको उद्धार गरिएको छ। उनीहरूलाई ‘किन इन्डिया’ संस्थाको पहलमा गड्डाचौकी नाका हुँदै स्वदेश फिर्ता गरिएको हो।
उद्धारपश्चात गड्डाचौकी नाकामा ओर्लिएका पीडितहरूले आफूहरूलाई बन्धक बनाउने गिरोहविरुद्ध नाराबाजी गर्दै उद्धारकर्ताप्रति आभार व्यक्त गरेका थिए। उनीहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर भारत लगिएको र त्यहाँ पुगेपछि कोठामा थुनेर खानपान तथा आवतजावतमा कडाइ गरिएको उनीहरूको भनाइ छ।
एक पीडितले भने, “हामीलाई २३ हजार भारु लिएर जागिरका लागि लगियो, तर त्यहाँ पुगेर थुनेर राखियो, न त काम थियो, न राम्रो खाना।”
उद्धार गरिएकामध्ये चितवनका १०, कैलालीका ९, सुनसरीका ५, उदयपुर, तेह्रथुम र पाँचथरका ४र४ जना, दाङ, स्याङ्जा र बाँकेका ३र३ जना, ताप्लेजुङ, डोटी र धादिङका २र२ जना तथा सर्लाही, कास्की, रुकुम, बाग्लुङ, इलाम र रुपन्देहीका १र१ जना छन्। उनीहरूलाई सम्बन्धित जिल्लामा सुरक्षित रूपमा पठाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए।
गड्डाचौकी नाकामा पीडितहरूलाई स्वागत गर्न प्रमुख जिल्ला अधिकारी ढकाल र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी डम्बरबहादुर विश्वकर्मा पुगेका थिए। डिआइजी विश्वकर्माले उद्धार सम्भव बनाउन नेपाल सरकार, भारत सरकार, नेपाली राजदूतावास र किन इन्डिया संस्थाबीच समन्वय भएको जानकारी दिए।
किन इन्डियाका प्रतिनिधि नवीन जोशीले स्थानीय प्रशासनको सहयोगमा सबै पीडितलाई सुरक्षित रूपमा नेपाल ल्याउन सफल भएको बताए।
रोजगारीको सपना देखाइ भारतीय भूभागमा नेपालीहरूलाई ठगी र बन्धक बनाउने गतिविधि दोहोरिइरहेकाले सम्बन्धित निकायहरू गम्भीर बन्नुपर्ने आवश्यकता देखिएको छ
245981 118494How significantly of an unique article, maintain on posting greater half 313529
396895 623026hi and thanks for the actual blog post ive recently been looking regarding this specific advice on-line for sum hours these days as a result thanks 770569
541111 406641I appreciate your work , thanks for all of the informative blog posts. 873694