नेपाल–भारत सीमामा चल्यो गोली, ७ जना सशस्त्र प्रहरी घाइते

काठमाडौं– धनुषाको विदेह नगरपालिका–२ वैदेहीमा प्रहरी र तस्कर समूहबीच झडप भएको छ । बिहीबार साँझ ७ बजे भएको झडपमा सातजना सशस्त्र प्रहरी घाइते भएका छन् ।

‘वैदेहीको दुहबीस्थित नेपाल–भारत सीमानजिक भिडन्त हुँदा सातजना सशस्त्र प्रहरी घाइते हुनुभएको छ,’ जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी वजरुणबहादुर सिंहले भने, ‘घाइतको अवस्था सामान्य रहेको छ ।’

भिडन्तमा चार राउन्ड गोली र १३ सेल अश्रु ग्यास प्रहार भएको उनले जानकारी दिए ।

‘शंका लागेर प्रहरीले सीमा क्षेत्रका घरमा खानतलास लिँदा तस्करहरूले आक्रमण गरेका हुन्,’ डीएसपी सिंहले भने, ‘तस्करहरू कोही पनि नियन्त्रणमा छैनन् ।’

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ