नेपाल उज्बेकिस्तानमाथि जित दर्ता गर्दै इतिहास रच्न चाहान्छ

काठमाडौं । एएफसी महिला एसियन कप छनोटकाे आज नेपालले घरेलु टोली उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार राति ९:१५ बजे हुनेछ। समूह ‘एफ’मा रहेका नेपाल र उज्बेकिस्तान हालसम्म अपराजित रहेका छन् । दुवै टोलीको समान ६ अंक र १७ गोल रहेको छ भने अहिलेसम्म गोल बेहोरेका छैनन्। खेल जित्नैपर्ने दवाबमा रहेको नेपाल एएफसी महिला एसियन कप २०२६ का लागि अस्ट्रेलियाको टिकट पक्का गर्नेगरी मैदान उत्रिदैछ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ