राजा किन आउने , कसको लागि आउने

मिम बहादुर परियार

नेपालबाट राजसंस्था बहिर्गमन भएपछि राप्रपासहित केही राजाभक्त समूह देशमा राजसंस्था फिर्ता ल्याउनकाे लागि कम्मर कसेर लागिपरेको देखिन्छन् । नवराज  सुवेदी , दुर्गा प्रसाईं , रवीन्द्र मिश्र , धवल शमशेर , राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाहीलगायतका व्यक्तिहरु राजाको वकालत गर्दै नेपाल राजासहितकाे राजनीतिक व्यवस्थाकाे माग गरी आन्दोलनरत छन् ।  सडकदेखि सदनसम्म काठमाडौंलगायतका सहरमा भएका सानाठूला जुलुस ,र्यालीले पनि राजावादीहरु सक्रियता देखाउँछ पनि । आखिर असफल राजा र उसले नेतृत्व गरेको व्यवस्थाप्रति राजावादीको  माेह र प्रेम  देख्दा जाे काेहिकाे मनमा अनेक  प्रश्न उब्जिन्छ । किन उनीहरूलाई राजा, त्यो पनि एउटा निश्चित जात, परिवारको त्यो पनि जेठो छाेराे  चाहिएको हाेला ? राजसंस्थामा त्यस्तो के शक्ति हाेला , जसले रातारात देशकाे रुपरेखा परिवर्तन गर्नसकाेस् ? नेपालमा करिब २४० वर्षसम्म शाहवंशीय  राजसंस्था नै थियो ।

वि.स. २००७ देखि २०६२ सम्म पनि राजा शक्तिमा थिए । विडम्बना राजाको शासनकालमा जनताले खासै विकास सुशासनको प्रत्याभूति गर्न पाएनन् । नेपालमा जेजति विकृति र  नहुनुपर्ने काम भए  ।  ती सबै राजसंस्था भएका बखत घटेका थिए । नेपाली माैलिक कला सम्पदाकाे तस्करी, दलित जनजातिमाथि दमन, केन्द्रीकृत शासन र  विकास , राजाकै पालामा भएको थियो । देशमा विदेशी शक्तिकाे चलखेल , विदेशी लगानी , दलाल पुजीवादी व्यवस्थाकाे विस्तार, विदेशी गैरसरकारी संस्थाको प्रवेश राजाकै पालामा भएकाे थियो । चरम गरीबी , भाेकमरी , अशिक्षा , विकराल सामाजिक संरचना आदि राजसंस्थाका मुख्य विशेषता थिए ।

यति हुँदाहुँदै पनि किन काेही राजा चाहान्छ ? किन काेही ज्ञानेन्द्रकाे खलकलाई देवत्वकरण गर्न लम्पसार भएर लागिपरेका छन् ? नेपालकाे इतिहासलाई पल्टाएर हेर्दा राजासँग देश विकासको निम्ति  प्रशस्त समय र अवसर थियो । विडम्बना  तात्कालिक राजसंस्थाको परिधि सामन्तवाद जातवाद नातावाद कृपावाद र माेजमस्तिका लागि  थियो । राजा पारिवारिक र व्यक्तिगत विलासितामा समिति थिए । अर्कोतिर राजाहरुकाे छवि क्षमता र जनताप्रति उत्तरदायित्व अहिले राजावादीहरुले राजसंस्थाकाे माग गरेअनुसारकाे भने कदापि  थिएन  । जनताकाे आवश्यकता के छ ? जनताको अवस्था के थियो ? एउटा राज्यको प्रमुखको हैसियतले जनतालाई  आधारभूत सुविधा कसरी दिन सकिन्छ भन्नेमा राजाको प्राथमिकतामा कहिल्यै परेन । यिनै राजाका अक्षमता, व्यक्तिवादी प्रवृत्ति र  अदुर्दशिताले देशबाट राजसंस्था फालिएकाे थियो । जनता नश्लवादी संस्थाका विरुद्ध उभिएर गणतन्त्र स्थापना गरेका थिए ।

समाजिक धार्मिक राजनीतिक सबै काेणबाट हेर्दा राजाहरु असफल अक्षम भएको विगतको अवस्थाले पुष्टि गर्दछ । राजामा देश र जनताप्रति माया नभएको विवादित छवि र गतिविधिले उत्तर दिएको छ । राजा केही व्यक्ति र नश्लका थिए । उनको प्राथमिकता तिनै पहिलेका काजी मुखिया जिम्वालका सन्ततिलाई  थियो । पञ्चायती व्यवस्था , पञ्चमण्डल  , अञ्चलाधीश , शाही सेना, राजाका भक्तलाई संरचनात्मक तवरले भर्ती गर्न तयार गरिएकाे व्यवस्था थियो । अन्यलाई भने राजा उहीँ  बुढानिलकण्ठमा सुतिरहेका विष्णु जस्तै थिए । न उनलाई  जनताकाे चाहाना के हाे , त्यसको मतलब थियो । न राजालाई विकास , जनताको अधिकारप्रति चासो थियो  । यति देख्दादेख्दै किन काेहि राजा चाहान्छ ? राजासँग त्यस्तो के विशेष प्रतिभा छ र ती व्यक्ति समूह राजसंस्था पुनःस्थापनाकाे निम्ति लागिपरेका छन्  ।
केही समयअघि  राजा निकट  राप्रपा नेपालका अध्यक्ष कमल थापाले  टेलिभिजन कार्यक्रममा राजाबाट आफूले चुनाव खर्च स्वरुप  एक करोड पाएकाे खुलासा गरेका थिए । त्यस्तै नवराज सुवेदीले पनि तत्कालीन राजाले आफू र आफ्नो परिवारलाई धेरै सहयोग गरेको बताएका छन्  । नवराज र कमल जस्ता : लाभ लिने व्यक्तिहरु कै जमात हाे अहिले राजावादी आन्दोलनमा देखिएका अनुहार । कुनै व्यक्ति कसैबाट परिचालित छ , पैसा पाएको छ , खाएको छ , दासता स्विकारेकाे छ । उसका पिता पुर्खाले विशेष सुविधा पाएका थिए भने त्यस्ता दास सामन्तीले माग राख्नु आश्चर्यजनक हाेइन । उक्त जमातलाई पुनः त्यस्तै लाभ लिनु छ । समान्तवादकाे हतियार देखाएर समाजमा पुनः दादागिरी देखाउनुछ । जसकारण उसलाई राजा चाहिएको छ ।

नेपालकाे इतिहासलाई तुलनात्मक रुपमा हेर्दा राजाले जनतालाई भन्दा जनताले राजालाई धेरै सहयोग गरेका थिए । विभिन्न कालखण्डमा आफ्नो ज्यानको बलिदान दिएर राजाको इतिहास मजबुत बनाइदिएका थिए । नेपाल एकीकरणकाे इतिहासमा जनताको ठूलो साथ थियो । छ घरेकाे अलावा सिमान्तकृत समुदायका विशे दमाई , बाङ्गे सार्की , मनिराम गाइने , जसबिर कामी जस्ता  राजाका कानुनबाट अपहेलित नागरिकले ठूलो याेगदान दिएका थिए । विर्ता किपाट प्राप्त गर्न समुदायको साथ सहयोग र इमानदारिता त छदैं थियो । साेजासाझा जनताले सदैब राजाको जयजयकार गरेका थिए । आफ्नो छाक कटाएर , रगतपसिना बगाएर तिरेको तिराेले राजाहरूलाई ठूलाठूला दरबार महल बनाइदिएका थिए ।  आफ्नो दुखकष्ट  काटेर भएपनि राजालाई जनताले माेजमस्ति सुखसयल पुर्‍याएका थिए । तर जनतालाई राजाले के दिए ? कर्नालीका झुपडीलाई के दिए ? गरीब मजदुर र सिमान्तकृतलाई के दिए ? दलितको पीडालाई के दियो ?

राजालाई नेपाली जनताले माया नगरेका हाेइनन् ।  राणाहरुबाट अपहेलित राजालाई जनताले आन्दोलनमार्फत राजाको पद अनुसारको अधिकार दिलाएका थिए । विडम्बना जनताको सम्मानकाे जवाफमा तात्कालिक राजाले  वि.स. २००७ देखि २०१७ सम्म जनताको गुन र देनलाई फुटाउकाे राजनीतिक गर्दै जनताको सरकारलाई  गठन विगठन गरी विफल पार्ने, जन चाहानालाई लत्याउँदै २०१७ मा पुनः निरदलीय निरंकुश पञ्चायत व्यवस्था लागु गरेका थिए । त्यस्तै २०४७ काे आन्दोलनबाट प्राप्त उपलब्धिलाई पुनः  २०६१ सालमा तात्कालिक राजा ज्ञानेन्द्र शाहीले” शाही कु” मार्फत राज्यको शक्ति आफ्नै हातमा लिएका थिए  । कानुनी हिसाबले राजसंस्था देशको कानुनभन्दा माथि थियोे । धार्मिक शास्त्रकाे आधारमा राजा भगवानकाे अर्को अवतार मानिएका थिए । यति मान सम्मान र माया हुँदाहुँदै पनि राजा जनताप्रति इमानदार र उत्तरदायी कहिल्यै भएनन् । सत्ता शक्ति र स्वार्थको खेलमा अडिग भइ जनताको आन्दोलनबाट उपलब्धिको निर्मम हत्या गरिरहेका थिए । यस्तो अवस्थामा नेपाली जनतालाई राजा किन चाहियो ? ज्ञानेन्द्र शाहलाई पुनः राजा किन हुनुपर्याे ?

वि.स . २०६५ मा नेपाल संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक राज्य भयो ।   देशमा दुई सय चालीस वर्ष इतिहास बाेकेकाे नश्लवादी जातवादी परिवारवादी शासनकालकाे अत्यन्त भएको छ । त्यसपछि थाेरै भएपनि  राज्यको मुलधारमा दलित , मधेसी , जनजाति तथा सिमान्तकृत समुदायको प्रतिनिधित्व देखिन थाल्यो । एकलवादी रजगज भएको संस्थामा समावेशीकरणकाे अभ्यास सुरु भयो । २०६५ अघिका संसद भवनमा काे काे थिए ? अहिले काे काे छन् ? सेनामा कसलाई निषेध थियो ? महिलाको अवस्था कस्तो थियो ? यी कुरा उत्तर राजावादीले दिनसक्नुपर्छ ? राष्ट्र सबैको हाे । नेपालमा भने  राजसंस्था रहुन्जेल एउटा निश्चित जात धर्मका मानिसको हालिमुहालि  थियो । सत्ता शक्तिमा रजगज एकै नश्लकाे थियो । दलित मधेसी मुस्लिम याैनिक अल्पसंख्यकका आवाज कहिल्यै सुनिए । राजालाई सिमान्तकृतका पीडा समस्याले कहिल्यै छाेएन । राजाका यी रैती सदैब किनारमा बसिरहे , राजा र यिनका प्रिय मान्छे शक्तिको वरिपरि बसेका थिए ।

नेपाली जनताको शासन व्यवस्थापनलाई लत्याएर एउटा व्यक्ति र उसको परिवारलाई स्विकार्नु भनेको जनताका उपलब्धिलाई फाल्नु हाे । सिमित व्यक्ति र उसको स्वार्थलाई स्विकार्नु हाे । याे जमात त्यहीँ हाे जसलाई जनताको विकास र देशको विकासमा कुनै मतलब छैन । उक्त जमातलाई आफ्नो परिवारकाे विकास बाहेक अरु केही गर्नु छैन् ।  हाे अहिलेकाे व्यवस्थामा भएका व्यक्तिकाे प्रवृत्ति ठिक छैन । तर वर्तमान व्यवस्थाकाे विकल्प अरु केही हुन सक्दैन । अहिले जेजति राजनीतिक सामाजिक उपलब्धि देशमा देखिएको छ , त्यो वर्तमान व्यवस्थाकै उपज हाे ।


कसैको लहलहैमा लागेर , क्षणिक स्वार्थपूर्तिका लागि जनताबाट स्थापित व्यवस्था उल्टाउने चेष्टा गर्नु भनेको जनताका उपलब्धि निर्मम हत्या गर्नु हाे । अहिलेकाे व्यवस्थामा र प्रवृत्तिमा केही त्रुटि अवस्य देखिएका छन् । यिनै कमजोरीलाई देखाएर राजावादी सल्बलाएका छन् । कसरी हुन्छ उहीँ पुरानै पुरातनवादी जातवादी व्यवस्था पुनःस्थापना गर्न लागिपरेका छन् । ताकि उहीँ पुरानै अवस्थामा शासन गर्न सकियोस् । गरिब मजदुर दलितको मुहारमा पिडा थप्न पाइयोस् । सामन्तवादी जाल बिछ्याएर लाेकतन्त्रका उपलब्धिलाई खाल्डोमा पुर्नुनै उनीहरूकाे चाहाना  हाे ।

अन्ततोगत्वा, भएका देखिएका गल्तीलाई चेतावनी दिएर सुधार्नुपर्छ नकि निरंकुश व्यवस्थाकाे वकालत गरि जनताबाट स्थापित जनताका अधिकार खारेज गर्ने  हाे । अहिलेकाे वर्तमान परिपाटीमा राजसंस्थाको माग राख्नु , दास मानसिकताको उपहज हाे । समता समानता र समाजिक स्वतन्त्रता आवश्यक भएको समाजमा कुनै एक व्यक्तिकाे विरासतलाई पुनःस्थापन गर्ने चेष्टा गर्नु भनेको दासत्व स्विकार्नु हाे । नेपाली समाज वर्षैंदेखि विभाजित गर्ने संस्था चाहियो भनेर कुर्लनु सरासर मुर्खता हाे । लाेकतन्त्रभन्दा उत्तम व्यवस्था के हुनसक्छ ? जनताको शासन जनताबाट हुन पाउनुनै जनताको जित हाे ।  संसारका उपनिवेश भएका मुलुकका जनतालाई साेध्नु लाेकतन्त्रकाे महत्त्व कति छ भनेर । निरंकुश शासन भएका मुलुकमा जनतालाई साेध्नु स्वतन्त्रताकाे लागि के गर्न सकिन्छ भनेर । निश्चितरूपमा ती देशका नागरिक आफ्नो बलिदान दिएर भएपनि देशमा लाेकतन्त्र स्वतन्त्रता स्थापना गर्न तयार हुनेछन्  । नेपाली जनताले लाेकतन्त्र , समानुपातिक  समावेशी तथा स्वतन्त्रता राजनीतिक आन्दोलनबाट  पाएका छन् । सबैभन्दा ठूलो उपलब्धि राजनीतिक अधिकार पाएका छन् । आफ्नै सहभागितामा विभिन्न कालखण्डमा  ठूलाठूला परिवर्तन ल्याएउन सफल भएका  छन् । कुनै समय राजाको रजगज थियो । राणाको तानाशाही शासन थियो । आज नेपाली  राजनीतिक दलहरूले राष्ट्रकाे सत्ता बागडोर सम्हालेका छन् । तर एउटा समूह भने लाेकतन्त्रबाट स्थापित मूल्यमान्यता विरुद्ध लागिपरेका छ । अहिलेका कमीकमजोरीलाई देखाएर  उक्त समूहलाई जनताको प्रतिनिधिबाट राज्य संचालन गरेको चित्त बुझेको छैन । उसलाई जनताबाट निर्वाचित जनताको सन्तति राज्यको प्रमुखको भएको  मन परेको छैन । उसलाई दासत्व प्यारो छ । जसकारण ऊ फलानाे आउ देश बचाउ भनिरहेकाे छ ।


यता नेपाली राजनीतिकाे बागडोरमा बसिरहेका नेताहरू सचेत हुन आवश्यक छ । उनीहरूले आफ्नो चरित्र सुधार्नु अत्यावश्यक रहेको छ । अन्यथा अहिले जस्तो राजावादीहरु उनीहरूकाे गलत आचरणलाई देखाउँदै जनताको उपलब्धि अन्त्य गर्न देशभर  सलबलाउने छन् । अन्ततः अहिलेकाे नेपाली लाेकतान्त्रिक  राजनीतिक व्यवस्थाकाे विकल्प अरु केही हुनैसक्दैन । नेता र जनता पुरातनवादी नश्लवादीबाट सतर्क हुनुपर्छ । समाजमा देखिएका गल्तीलाई सुधार्दै देश विकास गर्नुपर्छ । एउटा परिवार र जातलाई स्थान दिउँ , उसले गर्छ भन्ने ठाउँ दिनु हुँदैन । अनिमात्र लाेकतन्त्रकाे विकास र रक्षा गर्न सकिन्छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ