भुटानमाथि नेपालले गर्याे गाेलकाे वर्षा

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा नेपालले भुटानविरूद्ध सानदार जित निकालेको छ। शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानमाथि ८-० गोलको जित निकालेको हो।

यसअघि भुटानसँगको पहिलो खेलमा नेपाल ६-१ ले विजयी भएको थियो। आयोजक बंगलादेशसहित भुटान, श्रीलंका र नेपाल सम्मिलित प्रतियोगितामा डलब राउन्ड रोबिनको आधारमा खेल भइरहेको छ।

‍नेपालले श्रीलंकासँग दुई खेल खेलिसकेको छ। दुवै खेलमा नेपाल ७-० गोलले विजयी भएको थियो। आयोजक राष्ट्र बंगलादेशसँग पहिलो खेलमा ३-२ गोलले हारेको थियो। नेपालले खेलपछि सोमबार बंगलादेशसँग खेल्नेछ।

नेपालले ६ खेलबाट १२ अंक बटुलेको छ । ३ खेल खेलेको  घरेलु बंगलादेशको ९ अंक छ ।लिग चरणपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ