मुम्बई । बलिउड सुपरस्टार शाहरुख खान आफ्नो आगामी फिल्म ‘किङ्ग’ को सुटिङका क्रममा घाइते भएका छन्। मुम्बईको गोल्डन टोबैको स्टुडियोमा एक एक्सन सिन खिच्दै गर्दा उनी घाइते भएका हुन्।
बलिउड हंगामाले स्रोतलाई उद्वरण दिँदै शाहरुखलाई कहिले र कहाँ चोट लाग्यो भन्ने विवरण स्पष्ट भइनसकेको भए पनि उनी हाल अमेरिकामा उपचार गराइरहेका छन्। स्रोतका अनुसार, मांसपेशीमा चोटका कारण शाहरुखको सर्जरी गरिएको छ र चिकित्सकहरूले उनलाई कम्तीमा एक महिनाको आराम गर्न सल्लाह दिएका छन्।
फिल्म ‘किङ्ग’को सुटिङ अब सेप्टेम्बर वा अक्टोबरमा मात्र सुरु हुने बताइएको छ, जब शाहरुख पूरै निको हुनेछन्। जुलाई–अगस्ट महिनामा फिल्म सिटी, गोल्डन टोबैको स्टुडियो र वाईआरएफ स्टुडियोमा तय गरिएको सुटिङ कार्यक्रम रद्द गरिएको छ।
फिल्म ‘किङ्ग’को छायांकन भारत र युरोपका विभिन्न स्थानमा गरिने छ। हालका लागि निर्माण टिमले नयाँ सुटिङ मितिको प्रतीक्षा गरिरहेको छ।
सिद्धार्थ आनन्दको निर्देशनमा बन्न लागेको फिल्म ‘किङ्ग’ सन् २०२६ मा प्रदर्शनमा आउने योजना छ। फिल्ममा शाहरुखसँगै उनकी छोरी सुहाना खान, दीपिका पादुकोण, अभिषेक बच्चन, रानी मुखर्जी र अनिल कपूरजस्ता कलाकारहरूको पनि अभिनय रहनेछ।
शाहरुख हालैका वर्षमा ‘पठान’, ‘जवान’ र ‘डंकी’ जस्ता फिल्ममा देखिएका थिए।
शाहरुखको करिअरमा घाइते भएको घटना नयाँ होइन। ‘कोयला’ फिल्मको सुटिङका बेला उनको घुँडामा लागेको चोट, ‘रा.वन’ फिल्मको समयमा गम्भीर बनेको थियो। त्यसपछि उनले शल्यक्रिया गराएका थिए। तर, पीडा कायम रहँदा अन्ततः उनले आर्थोस्कोपिक सर्जरीसमेत गराएका थिए
।


765514 510862Hi there! Good stuff, please do tell me when you finally post something like this! 91272
496722 688619Howdy! Do you know if they make any plugins to safeguard against hackers? Im kinda paranoid about losing everything Ive worked hard on. Any recommendations? 948740
700138 709501In todays news reporting clever journalists function their very own slant into a story. Bloggers use it promote their works and a lot of just use it for fun or to stay in touch with pals far away. 49496
495931 913574Woh I adore your posts , bookmarked ! My wife and i take concern along along with your last point. 900578