काठमाडौं । भैरहवालाई क्रिप्टो भ्याली बनाउने एजेन्डासहित किरण विकले रुपन्देही ३ को उपनिर्वाचनमा निर्दलीय उम्मेद्वारी घोषणा गरेका छन् । शुक्रबार उम्मेदवारी घोषणा गर्दै उनले विगत ११ वर्षदेखि राजनीति, फिल्म मेकिंग र लेखनमार्फत आफू रुपन्देही र काठमाडौंमा सक्रीय रहेको बताएका छन् ।
उनले आफ्नो उम्मेदवारी पुरानालाई लखेट्न मात्र नभइ नयाँहरुलाई सुधार्न भएको उल्लेख गरेका छन्।देशमा नयाँ नेता र नयाँ पार्टी आउँदा कस्मेटिक परिवर्तनहरु भए जस्तो जस्तो देखिए पनि नागरिकका खास सवालहरु सेन्सीबल नदेखिएको उनको भनाइ छ। नयाँमा समग्र दिर्घकालिन राजनीतिक एजेन्डा नभएको उल्लेख गरे ।उनले आफू नयाँसँगै भएको र आफूसँग नयाँ राजनीतिक एजेन्डा रहेको बताए।