काठमाडौं । साउनको दाेस्राे हप्तामा पानी नपरेकाले तराई मधेसका किसानहरु पीडामा छन् । कतिपय किसानले राेपाँइ नै सुरु गरेका छैनन् भने राेपाँइ गरेका किसानका खेत पनि सुख्खाका कारण चिराचिरा पर्न थालेका छन्। सरकारले यहीँ सुख्खा कारण देखाएर मधेस प्रदेशमा विपत् भएको घाेषणा गरेको छ ।