काठमाडौं । नेकपाकाे विभाजनपछि प्रायः माओवादी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीबीच घाेचपेच चलेको देखिन्थ्यो । तर हिजो भने अलिक फरक दृश्य देखिएको थियो । दुई विपक्षी नेताहरु यसरी भलाखुसारी गरिरहेका थिए मानाैं
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालबीच पुनः प्याचअप भयो जस्तो देखिएको थियो ।
दुई नेताबीच आज नेपाल र जनवादी गणतन्त्र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सव समारोहमा काठमाडौंको होटल याक एण्ड यतिमा आयोजित समारोहमा भेट भएको हो । दुई नेताबीच हात मिलाएको तस्विर बाहिरिएको छ। जहाँ दुवै नेताबीच सम्बन्धमा हार्दिकता देखिएको छ ।