काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा सोमबार सार्वजनिक गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन भएको कक्षा १२ को नतिजा सोमबार सार्वजनिक गर्ने तयारीमा रहेको स्रोतले जानकारी दिएको छ ।
यसका लागि सोमबार बेलुका ५ बजेका लागि बोर्डको बैठक बोलाइएको छ ।
गत वैशाख ११ गतेदेखि सुरु भएको कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी थिए । परीक्षामा नियमिततर्फ ३ लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ १ लाख १५ हजार ६१७ जना सहभागी थिए