जुम्ला । जुम्लाको पातारासी गाउँपालिका-६ उर्थुचौतारामा प्रहरीले जिल्लाबाहिर निर्यात हुन लागेको काचो स्याउ बरामद गरेको छ। २८ कार्टुनमा प्याक गरिएको काँचो स्याउ बरामद गरेर पातारासी गाउँपालिकालाई बुझाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी रबिनबाबु रेग्मीले जानकारी दिए ।
प्रहरीले आइतबार राति काँचो स्याउ बरामद गरेर सोमबार पालिकालाई बुझाएको हो। उर्थु प्रहरी चौकीले लुकिछिपी संकलन गरेर निर्यात गर्न लागेको अवस्थामा प्रहरीले स्याउ बरामद गरेको हो। त्यो स्याउ पातारासी-४ भोटगाउँका मक्कबहादुर रोकायाको बगैंचा देखि टिपिएको थियो । ब्यापारी हरिसप्रसाद देवकोटाले स्याउ खरिद गरेका थिए।
असारमा पाक्ने स्याउ भन्दै निर्यात हुन लागेको स्याउ प्रहरीले जाँच गर्दा काँचो भेटिएको थियो । प्रहरीले काँचो स्याउ बरामद गरेर पालिकालाई बुझाउने गरेको छ। हरेक स्थानीय तहले प्रहरी चौकीमा काँचो स्याउ निर्यात भएमा बरामद गर्नु, चेकजाँचमा कडाइ गर्नु भनेर प्रहरीलाई पत्र पठाएका छन्। त्यही अनुसार प्रहरीले पनि काँचो स्याउ रोक्न कडाइ गरेको छ । पातारासी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नविन शाहीले तीन क्विन्टल स्याउ प्रहरीले पालिकामा बुझाएको बताए ।
‘लुकिछिपी स्याउ टिपेर जिल्लाबाहिर लैजाने अवस्थामा स्याउ बरामद भएको रहेछ,’ प्रमुख प्रशासकीय अधिकृत शाहीले भने, ‘स्याउ काँचो देखेपनि प्रहरीले पालिकामा बुझाएको हो ।’ प्रहरीका अनुसार गोल्डेन र रेड जातको स्याउ बरामद गरिएको थियो । जिल्ला समन्वय समितिको आठौं जिल्ला सभाले नै भदौ १५ गते सम्म स्याउ टिप्न नपाइने निर्णय गरेको छ ।
बरामद गरेको स्याउ कानुनी प्रक्रिया पुर्याएर राखिने उनको प्रतिक्रिया छ । किसान र ब्यापारीले स्याउ टिपिरहेको देखिएको छ । तर स्याउको पहिचान खस्कने भन्दै स्थानीय सरकारले भदौ १५ गते भन्दा अगावै स्याउ नटिप्न सुचना जारी गरेका छन्।
QQ88 cung cấp kho trò chơi đa dạng từ casino, thể thao đến slot game hấp dẫn. Chúng tôi cam kết mang lại trải nghiệm mượt mà trên mọi thiết bị. Gia nhập QQ88 để bắt đầu hành trình thắng lớn ngay hôm nay.