Nepal Viral
अक्टोबर 7, 2025

क्यान्सर विरुद्ध रूसले खाेप विकास गर्याे


काठमाडौं । रूसले यस वर्षको अन्त्यमा विश्वको पहिलो एआई-निर्मित क्यान्सर खोपको मानव परीक्षण सुरु गर्ने तयारीमा छ। एआईकाे  प्रयोगबाट विकास  गरिएको खोपलाई क्यान्सर उपचारमा बरदान मानिएको छ ।  अझ सुखद के भने रूसी सरकारले उक्त भ्याक्सिनलाई  नि:शुल्क उपलब्ध गर्नेछ ।

एआई र मेसिन लर्निङको प्रयोग  प्रयोग गरेर, अनुसन्धानकर्ताहरूले पहिले भन्दा बढी प्रभावकारी रूपमा क्यान्सर कोषहरूलाई लक्षित गरी खोप डिजाइन गरेका छन्। यो अत्याधुनिक दृष्टिकोणले शरीरको प्रतिरक्षा प्रणालीका स्वस्थ तन्तुलाई हानी नगरी क्यान्सर कोषहरू पहिचान गर्न र नष्ट गर्न तालिम दिने लक्ष्य राखेको छ । जसले गर्दा क्यान्सर उपचारमा थप प्रभावकारी  नयाँ आशा प्रदान भएको छ ।


खोपको किफायतीता र पहुँचले यसलाई विज्ञानको लागि मात्र नभई विश्वव्यापी स्वास्थ्य सेवाको लागि पनि एक कोसेढुङ्गा साबित गर्नेछ । रूसी एआई भ्याकङ सफल भएमा , यसले लाखौं मानिसकाे जीवनरक्षा गरी क्यान्सर उपचारमा क्रान्तिकारी परिवर्तन ल्याउनेछ ।

29 thoughts on “क्यान्सर विरुद्ध रूसले खाेप विकास गर्याे”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ