दक्षिण अफ्रिकालाई अस्ट्रेलियाको विशाल लक्ष्य

काठमाडौं । अष्ट्रेलियाका ३ ब्याटरले शतक प्रहार गरेपछि दक्षिण अफ्रीकाले ४ सय ३२ रनको लक्ष्य पाएको छ । ट्राभिस हेड (१४२), मिचेल मार्स (१००), क्यामरन ग्रीन (११८) र एलेक्स केरी (५०) को स्कोरसँगै अष्ट्रेलियाले ४३१/२ को योगफल खडा गरेको हो ।
अष्ट्रेलियाको ओडीआईमा यो दोस्रो ठूलो योगफल हो । यसअघि सन् २००६ मा दक्षिण अफ्रीकाले अष्ट्रेलियाको ४३४/४ को स्कोर पछ्याएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ