Nepal Viral
सेप्टेम्बर 3, 2025

प्रज्ञाका सदस्य सचिव ‘श्रमिक’बाटै श्रमिकहरू शोषित

काठमाडौँ । श्रमजीवी वर्गको पक्षधरका रूपमा आफूलाई चिनाउन रुचाउने नेकपा माओवादी (केन्द्र) पार्टीसँग आबद्ध ‘श्रमिक’ उपनामधारी नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदीबाट प्रज्ञाका श्रमजीवी करारका कर्मचारीहरू नै शोषित भएको पाइएको छ । नेपाल सरकारले तोकेको र प्रज्ञाले आन्तरिक स्रोतबाट समेत  पहिल्यैदेखि उपलब्ध गराउँदै आएको महङ्गीभत्ता नै खोसेर ‘श्रमिक’ उपनामधारी सदस्य सचिव सुवेदीले श्रमजीवी करारका कर्मचारीको शोषण गरेका हुन् । उनले कर्मचारी सङ्गठका एक जना प्रभावशाली नेतासितको मिलेमतोमा कर्मचारीमाथि अन्याय गर्ने गरेको नाम नबताउने शर्तमा प्रज्ञाकै एक जना कर्मचारीले बताए ।

हाल प्रज्ञामा तत्कालीन संस्कृति मन्त्री सुदन किरातीका सात जना र केही दिनअघि बहालवाला मन्त्री  बद्रीप्रसाद पाण्डेका तीन जना गरी करिब ५७ जना कर्मचारी करारमा कार्यरत रहेको सदस्य सचिव सुवेदीको सचविालयले जाकारी दिएको छ ।  

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ