सुन तस्करी काण्डका नाइके चूडामणि उप्रेती “गाेरे” फरार

काठमाडौं । सुन तस्करी र व्यक्ति हत्याका नाइके गोरे सुनधारास्थित केन्द्रीय कारागारबाट फरार भएका हुन् । जेनजीको प्रदर्शन उग्र बनेपछि कारागारमा आगजनी र तोडफोड गर्दै कैदीहरू भागेका थिए। सुनधारा कारागारबाट मात्रै ३३ सय कैदी फरार भएका थिए ।

नख्खु कारागारबाट निस्केका कैदीबन्दीहरुले राति १० बजेतिर आएर सुनधारा तोडफोड गरेको सुरक्षा स्रोत बताउँछ । त्यसपछि सुरक्षाका लागि खटिएको नेपाल प्रहरी त्यहाँबाट भागेर आर्मी हेडक्वार्टर पुगेको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ