काठमाडौं । नेपाली सेनाले काठमाडौं, ललितपुर, भक्तपुरलगायत विभिन्न जिल्लामा लगाएको कर्फ्यू र निषेधाज्ञा अहिले हटेको छ ।
जेनजी आन्दोलनपछिको विषम परिस्थिति र असुरक्षाको कारण देखाउँदै सेनाले ४ दिनदेखि दैनिक निषेधाज्ञा र कर्फ्यू आदेशसम्बन्धी सूचना जारी गर्ने गरेकोमा शनिबार साँझबाट भने थप सूचना आएको छैन । आज बिहान ६ बजेसम्म मात्र कर्फ्यू कायम थियो ।
यसैबीच हामीले नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतलाई यसबारे सोध्यौं । उनले कर्फ्यू, निषेधाज्ञा अहिले केही नरहेको बताएका छन् ।
आज बिहानैदेखि उपत्यकाको सडकमा चहलपहल बढेको छ । जनजीवन सामान्य बनेको छ ।
हिजोअस्ति अत्यावश्यक कामका लागि बिहान ६ देखि ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म खुल्ला गरिएको छ ।
त्यस्तै बिहान ११ देखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा र साँझ ७ देखि भोलिपल्ट बिहान ६ बजेसम्म कर्फ्यू लाग्दै आएको थियो ।
जेनजी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई गएराति राष्ट्रपतिले शपथ गराइसकेका छन् ।