सेप्टेम्बर 17, 2025

जुम्लाको एउटै बगैँचाबाट साढे तीन करोडको स्याउ निर्यात

सुर्खेत : जुम्ला स्याउ उत्पादनका लागि प्रमुख जिल्ला मानिन्छ । साविक कर्णालीका पाँच जिल्लामध्ये जुम्ला स्याउ खेतीको दृष्टिले सबैभन्दा अगाडि छ । यहाँ करिब चार हजार चार सय हेक्टर जमिनमा स्याउ खेती भइरहेको छ । ५२ हेक्टरमा उच्च घनत्वको स्याउ किसानले लगाएका छन् । पछिल्लो समय परम्परागत खेतीभन्दा उन्नत जातको स्याउ उत्पादनतर्फ किसानको आकर्षण बढ्दो क्रममा छ । २०७७ मा जुम्ला गुठिचौर गाउँपालिका–५ जजला धपडामा सबै भन्दा ठुलो उन्नत जातको स्याउ खेती सुरु गरिएको हो ।

२०७८ मा उक्त बगैँचाबाट स्याउ उत्पादन सुरु भएको हो । १ लाख ७० हजार वर्गमिटरमा ३८ हजार फुजि स्याउका विरुवा लगाईएको छ । जग्गा लिजमा लिएर उच्च घनत्व जातका स्याउ लगाईएको गुठिचौर एग्रोफर्मका योजना अधिकृत केसि भण्डारीले बताउनु भयो । यो वर्ष गुठिचौर एग्रो फर्मले साढे तीन करोडको स्याउ बिक्रि गर्ने लक्ष्य लिएको छ ।

गाला, रेड डेलिसियस, फुजि र गोल्डेन जातको २ हजार क्विन्टल स्याउ निर्यात गरिने भण्डारीले बताउनु भयो । ए ग्रेडको दुई सय ५०, बि ग्रेडको दुई सय र सि ग्रेडको एक सय ५० रुपैयाँमा किनबेच भइरहेको गुठिचौर एग्रो फर्मका संचालक भिम वहादुर भण्डारीले बताउनु भयो । बगैँचामा उत्पादन भएको स्याउ नेपालका ठुला शहर काठमाण्डौँ, नेपालगंज र सुर्खेत लिने गरिएको छ ।

बगैँचामा २२ जनाले नियमित काम गर्छन भने ३० जना दैनिक ज्याला दारिका कामदाहरु छन् । अहिले बगैँचामा गला र रेडडेलियस जातको स्याउ तयार भएको छ । फुजि जातको स्याउ असोज पहिलो साताबाट संकलन सुरु हुने भण्डारीको भनाइ छ । बगैँचा सम्मै उपभोक्ताहरु स्याउ लिन पुग्ने गरेका छन् ।

रुखबाटै टिपेर ताजा र आफुले चाहेका स्याउ लिने गरेको उहाँले बताउनु भयो । उत्पादन भएको स्याउ बजारमा राम्रोसँग बिक्रि भएको छ । बजारको अभाव छैन् । कृषि विकास कार्यालय जुम्लाले यो वर्ष १० देखि १३ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरेको छ । असिनापानीले क्षति पु¥याएका कारण उत्पादन गत वर्षभन्दा घटे पनि स्याउको मूल्य भने बढेको छ ।

गत वर्ष बगैँचामा स्याउको मूल्य ४५ देखि ५५ रुपियाँ प्रतिकेजी किसानले बिक्रि गरेकोमा यो वर्ष ६० देखि ८० रुपियाँसम्म किसानले स्याउ बिक्रि गरि रहेका छन् । गत आर्थिक वर्ष २०८१÷०८२ मा जुम्लाबाट मात्रै नौ हजार तीन ९१ मेट्रिक टन अर्थात् ६१ करोड ४१ लाख पाँच हजार रुपियाँको स्याउ निर्यात भएको थियो ।

जुम्लामा स्थानीय स्याउ रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेनसहित उच्च घनत्वका स्याउ फल्ने गरेको छ । जुम्लामा वि.सं. २०७५÷०७६ बाट उन्नत जातका ५८ वटा बगैँचा स्थापना भएका छन् । २०६४ सालमा ‘एक घर एक स्याउ बगैँचा’ नीति पनि सरकारले लिएपछि अहिले उत्पादन बढ्दै गएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ